पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवर र पोखरा ७ मासबारकी सिर्जना राउतको पाँच दिन अघि मात्रै बिहे भएको थियो । हाँसो र खुशीको जिन्दगीको सपना देख्दादेख्दै यो जोडीमाथि बज्रपात आइलाग्यो । दुःखद दुर्घटनाले सिर्जनालाई सन्दीपसँग कहिल्यै नभेट्ने गरी छुटाइदिएको छ ।
सिर्जनाको अवस्था पनि गम्भिर छ । तनहुँमा उपचार हुन नसकी अहिले मनिपाल अस्पतालमा उपचाररत छिन् । घुँडा भाँचिएको छ, छातीमा चोट छ । पढ्दै यहीं एक प्रेसमा काम गर्दै आएकी सिर्जनाको सन्दीपसँग विवाह भयो । तनहुँमा सानिमासँगको भेटघाटपछि काठमाण्डौ जाने तयारी गर्दा गर्दै यी जोडी तनहुँमा दुर्घटनामा परेका हुन् ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बाटोमा धेरै नै खाल्डाखुल्डी छन् । यसैकारण मोटरसाइकल नियन्त्रण गर्न नसक्दा बससँग ठोकिन पुगेको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारी बताउँछन् ।
ना ६ ख ८४१० नम्बरको बसले प्रदेश ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते राउतलाई दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ल्याइएको थियो ।
पोखराबाट दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बसले तनहुँ म्याग्दे गाउँपालिकाको गुणादीमा ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’