तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ सेराटारमा यात्रुबाहक बस दुर्घटना भएको छ । मंगलबार विहान सुनौलीबाट पोखरा तर्फ जाँदै गरेको ना ५ ख ५३३० नम्वरको बस दुर्घटना हुदाँ ६ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
विहान २:४५ बजे पोखरा जाँदै गरेको बस अनियन्त्रित हुदाँ सडकबाट ५ फिट तल खसेको थियो ।
घाईते हुनेहरुमा भारतको उत्तर प्रदेश घर भई बाग्लुङ्गको काठेखोला गाउँपालिका ४ बस्ने ५४ बर्षीय मुनीराम महोरिया, उनकी श्रीमती ४८ बर्षीय कञ्चन मोहरियाका, म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका १ का ३० बर्षीय धनकुमार परियार, कपिलबस्तु जिल्लाका कपिलबस्तु नगगरपालिका ९ का ३९ बर्षीय रेशम शाह, पर्वतको कुश्मा नगरपालिका १ का ३६ वर्षका हरिबहादुर छन्त्याल र सोही ठाउँका १० बर्षीय रवि परियार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको टाउको, अनुहार र ढाड र हात लगायतामा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेहरुको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भईरहेको छ ।
बसमा ३५ देखी ४० जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगत्तै फरार रहेका चालकको खोजी गरि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन