तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ सेराटारमा यात्रुबाहक बस दुर्घटना भएको छ । मंगलबार विहान सुनौलीबाट पोखरा तर्फ जाँदै गरेको ना ५ ख ५३३० नम्वरको बस दुर्घटना हुदाँ ६ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
विहान २:४५ बजे पोखरा जाँदै गरेको बस अनियन्त्रित हुदाँ सडकबाट ५ फिट तल खसेको थियो ।
घाईते हुनेहरुमा भारतको उत्तर प्रदेश घर भई बाग्लुङ्गको काठेखोला गाउँपालिका ४ बस्ने ५४ बर्षीय मुनीराम महोरिया, उनकी श्रीमती ४८ बर्षीय कञ्चन मोहरियाका, म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका १ का ३० बर्षीय धनकुमार परियार, कपिलबस्तु जिल्लाका कपिलबस्तु नगगरपालिका ९ का ३९ बर्षीय रेशम शाह, पर्वतको कुश्मा नगरपालिका १ का ३६ वर्षका हरिबहादुर छन्त्याल र सोही ठाउँका १० बर्षीय रवि परियार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको टाउको, अनुहार र ढाड र हात लगायतामा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेहरुको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भईरहेको छ ।
बसमा ३५ देखी ४० जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगत्तै फरार रहेका चालकको खोजी गरि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते
घाँस काट्ने क्रममा करेन्ट लागेर १५ वर्षकी बालिकाको मृत्यु
तनहुँ भिमाद ६ का वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, प्रहरीले सुरक्षा गरेपछि सियाखानीमा विरोध
तनहुँमा फेरि अर्का बालक चितुवाको शिकार बने, सावधानीको खाँचो
मर्निङ वाकमा निस्किएका तनहुँका मल्ल नदिमा मृत फेला
अष्ट्रेलियामा क्रिकेट क्लबका मालिक तनहुँका राणा एनआरएनए ओसेनियाको डेपुटी संयोजक
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार