कालो अरिङ्गालले चिल्दा तनहुँको छाब्दिमा ३ जना बालबालिका घाइते, दुई जनाको अवस्था गम्भिर

कालो अरिङ्गालले चिल्दा तनहुँको छाब्दिमा ३ जना बालबालिका घाइते, दुई जनाको अवस्था गम्भिर

FB_IMG_1556353112349

तनहुँ । कालो अरिङ्गालले चिल्दा(टोक्दा) तनहुँमा तीन जना बालबालिका घाइते भएका छन् ।

व्यास नगरपालिका-१३ छाब्दीमा शनिबार बिहान घरको आँगनमा खेलिरहेको अवस्थामा अरिङ्गालले चिलेको बताइएको छ ।

एकै परिवारका ३ जनालाई अरिङ्गालले चिलेको हो ।

८ वर्षीय श्रीसा थापा, २ वर्ष ५ महिनाका सुदिप थापा र ७ वर्षीय सुस्मिता थापा अरिङ्गालले चिल्दा घाइते भएका हुन् ।

घाइतेहरुको दमौली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

घाइते मध्ये सुदिप र सुस्मिताको अवस्था गम्भिर रहेको छ ।

अहिले घाइतेको गण्डकी अस्पताल पोखरामा उपचार भैईरहेको छ ।

घरमै बसि रहेको समयमा बालबालिकालाई करिब २ सय बढि अरिङ्गालले चिलेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ