कुसुण्डा सिमान्तलाई शैक्षिक सामग्री सहयोग

कुसुण्डा सिमान्तलाई शैक्षिक सामग्री सहयोग

simantha kusunda

तनहुँ । नेपाल फोटो पत्रकार महासङ्घ तनहुँ शाखाले समान्त कुुसुण्डालाई शुक्रबार शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

फोटो पत्रकारिता दिवसको अवसर पारेर व्यास नगरपालिका–१० डिहीगाउँ निवासी लोपोन्मूख तथा सिमान्तकृत जाती स्वर्गिय राजमामा कुसुण्डा तथा इन्द्रमाया कुसुण्डाको छोरी सिमान्तलाई घरमै पुगेर सहयोग गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर १० वडाध्यक्ष तुलसीराम सापकोटा, विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष बसुन्धरा घर्ति, समाजसेवी भरत पोख्रेल, फोटो पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले सयुक्त रुपमा कुसुण्डा परिवारलाई हस्तारन्तरण गरे ।

सो अवसरमा वडाध्यक्ष सापकोटाले अति सिमान्तकृत जाती भएकोले सिमान्तलाई माध्यामिक तह सम्म अध्ययन गर्ने गरी वडा कार्यालयले अभिभाकत्व ग्रहण गर्ने जानकारी दिए ।

साथै जीवनयापनको लागि सहज बनाउन सिमान्तको आमालाई जागिर दिनको लागि नगरपालिकाको कार्यपालिकाको बैठकमा कुरा चलाउने जानकारी दिए ।

११ वर्षिया सिमान्त स्थानीय सतिश अङ्ग्रेजी विद्यालयमा कक्षा ४ मा पढ्छिन ।

समाजेवी पोख्रेल सम्मानित

यसैबीच फोटो पत्रकार महासङ्घ तनहुँ शाखाले समाजसेवी भरत पोख्रेललाई सोही अवसरमा सम्मान गरेको छ ।

व्यास नगरपालिका–४ भोर्लेटारचोक , दमौली स्थित ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक पोख्रेलले सिमान्त कुुसुण्डालाई स्टेशनरीका समान सहयोग गरी शैक्षिक क्षेत्रका योगदान दिएकोले सम्मान गरिएको सो अवसरमा जानकारी दिईयो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ