तनहुँ । नेपाल फोटो पत्रकार महासङ्घ तनहुँ शाखाले समान्त कुुसुण्डालाई शुक्रबार शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।
फोटो पत्रकारिता दिवसको अवसर पारेर व्यास नगरपालिका–१० डिहीगाउँ निवासी लोपोन्मूख तथा सिमान्तकृत जाती स्वर्गिय राजमामा कुसुण्डा तथा इन्द्रमाया कुसुण्डाको छोरी सिमान्तलाई घरमै पुगेर सहयोग गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर १० वडाध्यक्ष तुलसीराम सापकोटा, विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष बसुन्धरा घर्ति, समाजसेवी भरत पोख्रेल, फोटो पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले सयुक्त रुपमा कुसुण्डा परिवारलाई हस्तारन्तरण गरे ।
सो अवसरमा वडाध्यक्ष सापकोटाले अति सिमान्तकृत जाती भएकोले सिमान्तलाई माध्यामिक तह सम्म अध्ययन गर्ने गरी वडा कार्यालयले अभिभाकत्व ग्रहण गर्ने जानकारी दिए ।
साथै जीवनयापनको लागि सहज बनाउन सिमान्तको आमालाई जागिर दिनको लागि नगरपालिकाको कार्यपालिकाको बैठकमा कुरा चलाउने जानकारी दिए ।
११ वर्षिया सिमान्त स्थानीय सतिश अङ्ग्रेजी विद्यालयमा कक्षा ४ मा पढ्छिन ।
समाजेवी पोख्रेल सम्मानित
यसैबीच फोटो पत्रकार महासङ्घ तनहुँ शाखाले समाजसेवी भरत पोख्रेललाई सोही अवसरमा सम्मान गरेको छ ।
व्यास नगरपालिका–४ भोर्लेटारचोक , दमौली स्थित ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक पोख्रेलले सिमान्त कुुसुण्डालाई स्टेशनरीका समान सहयोग गरी शैक्षिक क्षेत्रका योगदान दिएकोले सम्मान गरिएको सो अवसरमा जानकारी दिईयो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन