पोखरा। पोखराको फेवातालमा अब माछापुच्छ्रेको छायाँसँगै नेपाली राष्ट्रिय झण्डा पनि देखिने भएको छ । सोही योजनाअन्तर्गत नेपाली राष्ट्रिय झण्डासहितको माछापुच्छ्रे बिम्ब पार्कको निर्माण कार्य सुरु भएको छ ।
सोमबार सो पार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशका मन्त्री, महानगरका मेयर र वडाध्यक्षहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।यसलाई झण्डा पार्कको रुपमा विस्तार गर्ने प्रदेश सरकारको योजना रहेको छ ।
‘पोखरा नेपाल’ लेखिएको ८० फिट अग्लो नेपाली राष्ट्रिय झण्डा पनि माछापुच्छ्रे छायाँसँगै देखिने छ। पोखरा आउने पर्यटकका लागि आकर्षक गन्तब्यको रुपमा झण्डा पार्क स्थापित हुने विश्वास गरिएको छ ।
प्रदेश सरकार र पोखरा महानगरपालिकालेको चार करोड सह–लगानीमा पार्क बन्नेछ । पार्क निर्माणको पहिलो चरणको काम गर्न बिनु कन्स्ट्रक्सनले जिम्मा पाएको महानगरका सिनियर डिभिजनल इन्जिनियर शोभियत खड्काले जानकारी दिए । कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी फेवा संरक्षणमा जोड दिँदै पर्यटक लक्षित योजनाहरु आरम्भ गर्ने प्रदेश सरकारको कार्ययोजनाअन्तर्गत उक्त कार्य प्रारम्भ भएको हो। पार्कमा टिकट काउण्टर, छहरा, फुट ट्रयाक, बाल उद्यान लगायतका संरचना रहने छन् । अहिलेसम्म फेवातालमा परेको माछापुच्छ्रे छायाँसँगै फोटो खिचेर जान सकिन्थ्यो भने अब नेपालको झन्डा पनि फोटोमा कैद हुनेछ ।
http://gandaknews.com/fewa-flag/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु