गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरामा सोमवार दिउँसो एक्कासी असिना पानी परेपछि घर बाहिर निस्केका सर्वसाधारले सास्ती व्यहोरेका छन् । आधा घण्टासम्म निरन्तर परेको असिना पानीले कृषकको तरकारी, फलफूल तथा अन्नबालीमा क्षति पुगेको छ ।
दिउसो ३ः३० बजेदेखि झण्डै ४ बजेसम्म लगातार परेको असिना पानीले पोखरा र आसपासका क्षेत्रमा किसानले लगाएको तरकारी, फलफूल र अन्न बाली नष्ट गरेको हो । विशेष गरी असिना पानीले बढी क्षति पोखराको कास्कीकोट, सराङकोट, पुम्भीभुम्दी, हेम्जा, मालेपाटन, मासवार, पस्र्याङ, छोरेपाटन, अर्मला, लामाचौर, भलाम, काँहू, आर्वा, मौजा, सिशुवा, वेगनास, कालिका, धम्पुस, धिताल लगायतका बालीनालीमा क्षति पु¥याएको छ ।
किसानले लगाएको मकैबाली, गहुँ, तरकारी, काँक्रो, घिरौला, फर्सी, करेला, लौका, बोडी, गोलभेँडा बिरुवा नष्ट गर्नुको साथै असिना पानीले लिची, सुन्तला, आरु, मेवा, लगायतका फूल तथा फलहरु झारेर नष्ट गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । ‘क्षतिको तथ्याङ्क आइसकेको छैन’ कडरियाले भने– ‘यहाँका किसानले लगाएको वाली र फलफूलमा करोडौ रुपैयाँ मूल्य बरावरको नष्ट भएको छ ।’
हावाको बेग र परेको असिना पानीको कारण गन्तव्यमा पुग्न हतारिएका सर्वसाधारणलाई समस्या पारेको थियो । सडक छेउमा पार्क गरिएका मोटरसाइकल, स्कुटरहरु सडकमा आएको भेलसँगै लडेका पनि थिए । विद्यालय छुट्ने बेला भएकाले विद्यार्थीहरु विद्यालयमै रोकिएका थिए । असिना पानी कम हुनासाथ मुख्य चोकहरुमा ट्राफिक जाम भएको थियो । पोखराका अधिकांश क्षेत्र जलमग्न भएको छ । पानी अझै राम्ररी रोकिएको छैन ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु