पोखरा। पोखरा नयाँबजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ। विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो ।
आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा चासो नदिइएको आफन्तको आरोप छ । लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको भन्दै पाण्डेकी आमाले न्यायका लागि मानवअधिकारवादी र पत्रकारलाई गुहारिन ।
सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले विशेष चासो देखाएर अनुसन्धान अघि बढाएपछि गत शुक्रबार किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै तीन जनालाई आइतबार पक्राउ गरेको हो ।
आयोगको पहलमा प्रदेशको एसआइटीले समेत विशेष चासो देखाएर अनुसन्धान थालेपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई पक्रन बाध्य भएको हो।
पाण्डेको हत्याको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ तथा उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धर र ध्रवका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको छ ।
उनीहरुलाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु