गण्डकन्यूज, पोखरा । ४० वर्ष उमेर समूहका युवाहरु आबद्ध रहने अन्तर्राष्ट्रिय सामाजिक संस्था हो ‘जेसिआई ईन्टरनेशनल’ । जसमा विभिन्न पेशा व्यवसायमा आबद्ध युवाहरु संलग्न छन् । नेपाल जेसिजले व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले ४ दिने आवासीय सुविधा सहितको बिजनेश तालिम दिने भएको छ । कार्यक्रम जेठ तेस्रो साता पोखराको होटल ग्राण्डमा हुनेछ ।
जेठ २२ देखि २५ गतेसम्म हुने सो बिजनेश एकेडेमी अन्तर्राष्ट्रिय स्तरको हुने र अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्ध प्रशिक्षकहरु आउने आयोजकले जनाएको छ । तालिममा जेसिजका साथै गैरजेसिज युवाहरु समेत सहभागी हुन पाउनेछन् ।
आर्थिक न्यायको सर्वोत्तम उपलब्धि, स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुन सक्छ भन्ने जेसिजको आस्था अनुरुप सो तालिम आयोजना गरिएको नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषालले जनाए ।
तालिममा सहभागी भएपछि जेसिजमा संलग्न युवाहरुलाई व्यवसायिक रुपमा सशक्त बनाइ राष्ट्रलाई नै समृद्धिको अभियानमा अघि बढाउन टेवा पुग्ने नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष कमल भण्डारीको विश्वास छ ।
अहिले महेश पौडेलको नेतृत्वमा रहेको नेपाल जेसिजले नेतृत्व विकास, उद्धमशिलता विकास, सामुदायिक विकास तथा दिगो विकासका क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको छ । पोखरा जेसिज मुलुकभरकै एक पूरानो र बढी क्रियाशील शाखा हो । यहाँ पनि विभिन्न सामाजिक गतिविधिहरु हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम पोखरामा हुन लागेकोमा पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीले खुशी व्यक्त गरे । उनले आफूहरु स्वागतका लागि आतुर रहेको जनाए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु