गण्डकन्यूज, पोखरा । ४० वर्ष उमेर समूहका युवाहरु आबद्ध रहने अन्तर्राष्ट्रिय सामाजिक संस्था हो ‘जेसिआई ईन्टरनेशनल’ । जसमा विभिन्न पेशा व्यवसायमा आबद्ध युवाहरु संलग्न छन् । नेपाल जेसिजले व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले ४ दिने आवासीय सुविधा सहितको बिजनेश तालिम दिने भएको छ । कार्यक्रम जेठ तेस्रो साता पोखराको होटल ग्राण्डमा हुनेछ ।
जेठ २२ देखि २५ गतेसम्म हुने सो बिजनेश एकेडेमी अन्तर्राष्ट्रिय स्तरको हुने र अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्ध प्रशिक्षकहरु आउने आयोजकले जनाएको छ । तालिममा जेसिजका साथै गैरजेसिज युवाहरु समेत सहभागी हुन पाउनेछन् ।
आर्थिक न्यायको सर्वोत्तम उपलब्धि, स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुन सक्छ भन्ने जेसिजको आस्था अनुरुप सो तालिम आयोजना गरिएको नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषालले जनाए ।
तालिममा सहभागी भएपछि जेसिजमा संलग्न युवाहरुलाई व्यवसायिक रुपमा सशक्त बनाइ राष्ट्रलाई नै समृद्धिको अभियानमा अघि बढाउन टेवा पुग्ने नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष कमल भण्डारीको विश्वास छ ।
अहिले महेश पौडेलको नेतृत्वमा रहेको नेपाल जेसिजले नेतृत्व विकास, उद्धमशिलता विकास, सामुदायिक विकास तथा दिगो विकासका क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको छ । पोखरा जेसिज मुलुकभरकै एक पूरानो र बढी क्रियाशील शाखा हो । यहाँ पनि विभिन्न सामाजिक गतिविधिहरु हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम पोखरामा हुन लागेकोमा पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीले खुशी व्यक्त गरे । उनले आफूहरु स्वागतका लागि आतुर रहेको जनाए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?