अश्विन दानी , पोखरा । नेपालीमा एउटा टुक्का छ, ‘छिमेकी भनेको जिउँदाको जन्ती मर्दाको मलामी’ । हरेक मानिसले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण र खुसिको पल विवाहलाई नै सम्झन्छन् । झनै प्रेम सम्बन्ध पछि भएको विवाहमा दुलहा र दुलही कति खुसि होलान ?
लमजुङको राइनस नगरपालिका—४ अल्कटागरका आशिक कुमाल र पालुङटार नगरपालिक —४ कुमाल गाउँकी अञ्जली कुमालले पनि आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिवर्तन गर्ने निधो गरे । दुबै पक्षको घर परिवारबाट उनीहरुको प्रेम सम्बन्ध सहर्ष स्वीकार भयो ।
अन्तत उनीहरुको विहेको साइत बैशाख १८ (बुधबार) का दिन जुर्याे । लमजुङबाट आशिकले आफ्नी प्रेमिका लिन हिन्दु परम्परा अनुसार जन्तिसहित बुधबार अञ्जलीको घर पुगे ।
दिनभर जन्ति र घरबेटी दुबै पक्ष बिहेको रमझममा नाचे, गाए, अनि रमाईलो गरे । विवाह मण्डपको सबै काम सकिएपछि बेलुका करिब ७ बजे दुलहि अन्माईयो । जन्ति पक्षमा दुलही लिएर रमाउँदै लमजुङ तर्फ हिँडे, दुलही पक्ष बिहेको तामझाम मिलाउन थाले ।
हरेक बाबु आमाको सपना हुन्छ, आफ्नी छोरीलाई विहे गरेर राम्रो घर पठाउने । छोरीको विहेमा घरबेटी पक्षका अधिकांश मान्छेको आँखामा आँसु त पक्कै आउँछ तर खुसिको ।
अञ्जलीको परिवारमा भने छोरीको विहेको खुसिको आँसु धेरै बेर टिक्नै पाएन । छोरी अन्माएर पठाएको केहि बेरमै अञ्जलीकी आमा जानुका कुमालको आँखामा पीडा र दु्ःखको आँसुले भरियो । कारण, छोरी अन्माएर पठाएको केहि बेरमै बाटोमा जन्ती पक्ष र घरबेटीबीच कुटाकुट भयो ।
‘विहेमा दिनभरी सबै जना नाचे, गाए रमाए । बेलुका करिब ७ बजे छोरी अन्माएर गाडीमा चढाएर पठायौँ’ अञ्जलीकी आमा जानुकाले गण्डक न्यूजसँग भनिन्, ‘छोरी अन्माएर पठाएको केहि मिनेटमै झगडा भयो रे भन्ने सुन्यौ । हामी झगडा गरेको ठाउँमा पुग्दा झगडा छुटाएरर घाइतेलाई अस्पताल लगिसकेका रैछन ।’
जन्ति र घरबेटीबीच कुटाकुट हुँदा जन्ति पक्षका विष्णुबहादुर कुमाल घाइते भएका थिए । उनको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । विहेकै दिन अप्रिय घटना घटेपछि अहिले दुबै पक्षमा तनाव सिर्जना भएको छ ।
‘कुटाकुट भएर एक जना बित्नु भएछ । ज्वाईको आफन्तहरुले पनि कस्तो ठाउँमा हात हालिएछ भन्नु भाको छ रे । छोरी पनि आत्तिएकी छ, फोन गरेर रुन्छे’ जानुकाले भनिन्, ‘त्यस्तो होला भनेर कसैले पनि सोचेका थिएनौँ । अरुले भनेको सुन्दा हाम्रै गाउँका केटाहरुले बाईकमा गएर जन्तीलाई सुरुमा हात हालेका हुन् रे । किन त्यसो गरे केहि पत्तो छैन ।’ उनले थपिन्, ‘छोरीको भविष्य के हुने हो खै ? रातभरी सुतेकै छैन, नत केहि खाएको छु । प्रहरीले कतिजनालाई हो समातेको छरे ।’
दुलहा आशिकलाई सम्पर्क गर्दा आफुलाई चिन्ता भएको भन्दै यस बिषयमा केहि बोल्न मानेनन् ।
झगडामा संलग्न १२ जना प्रहरीको नियन्त्रणमा
विवाहमा झगडा गर्ने १२ जना यूवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले बुधबार झगडामा संलग्न यूवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । ‘जन्ती र घरबेटीबीच बिहेमा नै कुटाकुट भएर एक जना घाइते भएका रहेछन् । उनको उपचारको क्रममा मृत्यु भयो’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले भने, ‘उनीहरु किन कुटाकुट गरे भन्ने कुरा खुलेको छैन् । अनुसन्धान गर्दै छौँ । अहिलेसम्म १२ जना नियन्त्रणमा लिएका छौँ ।’
जन्ति पक्षद्धारा प्रहरी कार्यालयमा ढुंगामुढा गर्दा प्रहरी घाइते
स्थानीय युवाहरुले कुटपिट गरेर विष्णुबहादुर कुमालका मृत्यु भएको भन्दै दोषिलाई कारवाही र क्षतीपुर्तिको गर्दै जन्ति पक्षले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । कुटपिटबाट घाइते भएका विष्णुबहादुरको उपचारको क्रममा मृत्यु भएपछि जन्ति पक्षबाट करिव दुई सय जना युवाहरु बिहीवार इलाका प्रहरी कार्यालय पालुङटार पुगेर ढुङ्गामुढा गरेका हुन् ।
ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्नसात राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा