श्यामशितल परियार, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडाका किसानलाई बंगुरको पाठा प्रदान गरिएको छ । सुन्दरबजार नगरपालिका पशु सेवा शाखाले स्थानीय दलित, विपन्न र भुकम्प प्रभावित ३० जना किसानलाई धराने कालो जातको बंगुरको पाठा प्रदान गरेको हो ।
दलित, विपन्न किसानलाई व्यावसायिक बंगुरपालनमा लागी आय–आर्जन बढाई जीवनस्तर उकास्नप्रोत्साहन स्वरुप प्रति किसानलाई एक/एक वटा बंगुरको पाठा वितरण गरिएको सुन्दरबजार नगरपालिका पशु सेवा शाखाका प्रमुख डा.शुलव चौधरीले जानकारी दिए ।
उहाँका अनुसार धरानबाट प्रति बंगुरको पाठा ६ हजार मूल्यमा खरिद गरी ल्याई गाउँमै पुगी किसानलाई निःशुल्क बंगुरको पाठा वितरण गरिएको हो । बंगुरको पाठा पाएका प्राय सबै किसानको बंगुर पाल्ने खोर छ ।
सुन्दरबजार नगरपालिका वडा नं २, परेवाडाँडाका वडाअध्यक्ष जगतबहादुर खड्का, सुन्दरबजार नगरपालिका कार्यपालिका सदस्य शान्ता भुजेल र पशु सेवा शाखा प्रमुख डा. चौधरीले संयुक्त रुपमा किसानलाई बंगुरको पाठा वितरण गरेका हुन् ।
बंगुरको पाठा पाउँदा किसानहरु खुशी भएका छन् । ‘निःशुल्क बंगुरको पाठा पाउँदा खुशी मिलेको छ । अब व्यावसायिक ढंगले बंगुरपालन गरी आम्दानी बढाई जीवनस्तर माथि उकास्न लागिपर्छौँ,’ स्थानीय किसान हिरा कुमालले भनिन् ।
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान