पोखरा । पछिल्लो समय देशमा मानिसको जनसंङ्ख्या बृद्धि भएसँगै वन अतिक्रमण बढ्दै गएको छ । जसको प्रत्यक्ष प्रभाव जंगली जनावरहरुमा पर्न थालेपछि मानव बस्तीमा बिभिन्न समस्याहरु देखा पर्न थालेका छन् ।
समस्या हो स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडा गाउँमा देखिएको बाँदर आतङ्क । उक्त गाउँमा बिगत केहि समयदेखि बाँदरले दुख दिन थालेकाले त्यहाँको स्थानीयहरु हाल गाउँ नै छाडेर धमाधम अन्यत्रै बसाइँ सर्न थालेका छन् । बाँदरको आतङ्कको कारण स्याङ्जाको डुबिण्डाँडा लगायत अन्य ठाउँका कतिपय बासिन्दाहरु घरबार छोडेर बसाइसराइ गर्न तथा खेतबारी बाँझै राख्न बाध्य भएका छन् ।
गण्डकी प्रदेश सरकारले जमीन बाँझो राख्न नपाउने नीति तथा कार्यक्रम ल्याएपनि बाँदर नियन्त्रण गर्न नसक्दा स्याङ्जाका स्थानीयहरु उर्वर जमीन बाँझो राख्न थालेका छन् । ‘खेतबारीमा लगाए के फल्दैन ? हाम्रो गाउँको जमीन अत्यन्तै राम्रो छ । लगायो भने खेतिपाति राम्रो हुन्छ । तर के गर्ने ? जे लाएपनि बाँदरले बाँकि राख्दैन’ स्थानीयले भने ।
बाँदरको आतङ्कले वडावासीलाई खेती गर्न समस्या भएको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले बताए । ‘वडाले बाँदर नियन्त्रणका लागि केही विकल्प अगाडि सारे पनि त्यो प्रभावकारी हुनसकेन’ वडाध्यक्ष पङ्गेनीले भने, ‘यो समस्या समाधान वडा र नगरपालिकाले मात्रै गर्न नसक्ने केन्द्रबाट नै विशेष पहल हुनुपर्छ ।’ वडा नं १० खेतीपातीका दृष्टिले जग्गा उपयुक्त भएर पनि जमीन बाँझै राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।
‘अन्य सम्भावना हुँदाहुँदै पनि बाँदरको समस्याका कारण वडावासी गाउँमा बस्न नसक्ने अवस्था भयोे’ वडाध्यक्ष पगेनीले भने, ‘वडावासी बसाइँसराइको सिफारिस लिन वडामा आउँछन् यो बढ्दो क्रममा छ चाहेर नि रोक्न सकिएको छैन बाध्यताले सिफारिस दिनुपर्ने अवस्था छ ।’ बाँदर एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पुर्याउँदा पनि समस्याको दीर्घकालीन समाधान नभएकाले सङ्घ र प्रदेशले नीति बनाएर नियन्त्रण नगर्दासम्म यो समस्या समाधान नहुने उनले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह