अश्विन दानी , पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ भित्रै प्रदेशका सम्पूर्ण नागरिकहरुका घरमा विद्युत पु¥याउने भएको छ । सरकारको उज्यालो प्रदेश बनाउने योजना अनुसार चालु आबभित्रै प्रदेशका सम्पूर्ण नागरिकहरुको घरमा विद्युत पु¥याउने गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
उज्यालो प्रदेश योजना सम्पन्न गर्नका लागि आइतबार भौतिक पुर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेश र नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय पोखराबीच ११ बुँदे सम्झौता भएको मन्त्री बस्नेतले जानकारी दिए ।
‘अब गण्डकी प्रदेशका जनता अँध्यारोमा बस्नु पर्ने दिन सकिनै लाग्यो । प्रदेश सरकारले आगामी आर्थिक बर्षभित्रै सबै जनताको घरघरमा विद्युत पु¥याउँछ’ मन्त्री बस्नेतले भने, ‘उज्यालो प्रदेश बनाउने कार्यक्रम सफल पार्न आज भर्खरै प्रदेश सरकार र विद्युत प्राधिकरणबीच सम्झौता भयो ।’
आज भएको ११ बुँदे सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टा र विद्युुत प्राधिकरणको तर्फबाट ग्राहक सेवा निर्देशनालय पोखराका प्रमुख सुरेश बहादुरले हस्ताक्षर गरेका छन् ।
करिब तीन अर्बभन्दा बढी लागत अनुमान गरिएको विद्युत विस्तारको कामका लागि हाल १३ करोड रुपैँया समपुरक बजेट विनियोजन भइसकेको छ भने आगामि बर्षका लागि ५० करोड रुपैयाँ समपुरक बजेट माग पनि गरिएको छ ।
चालु आर्थिक वर्षमा विद्युत विस्तारको काम सुरु गरेर आगामी आर्थिक वर्षभित्रै प्रदेशका सबै नागरिकहरुको घरघरमा विद्युत पु¥याउने लक्ष्य लिएको प्रदेश सरकारले केही दिनभित्रै टेण्डर आह्वान गरी काम सुरु गर्ने जनाएको छ ।
सम्झौता पत्रमा उल्लेख भए अनुसार तत्काल विद्युत विस्तार गर्न सम्भावित ठाउँमा केन्द्रिय लाइन विस्तार हुनेछ भने केन्द्रीय विद्युत जडान गर्न सक्ने सम्भावना नभएको ठाउँमा लघु विद्युत लाइन जडान हुनेछ । त्यस्तै केन्द्रिय र लघु दुवै जडान गर्न सम्भावना नभएको ठाउँमा सौर्य उर्जा (सोलार) जडान गरिने भएको छ ।
‘उज्यालो प्रदेश बनाउने काम तत्काल सुरु हुन्छ’ मन्त्री बस्नेतले भने, ‘काम सुरु गरिसकेपछि कुनैपनि कारण देखाउँदै काम समयमै नसक्ने भन्ने हुँदैन । अब प्रदेश सरकार लामो समयसम्म आफ्ना जनता टुकी र मैनबत्तिको भरमा बसेको हेर्न सक्दैँन ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’