तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा शनिबार १६औं जिल्ला तथा ५औं राष्ट्रव्यापि सचिन स्मृति रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार दमौलीमा भएको उक्त कार्यक्रममा ३० पाउण्ड रगत संकलन भएको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।
जिल्लामा रगतको अभाव परिपुर्ति गर्न रोट्रयाक्ट क्लब अफ दमौलीले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको क्लब अध्यक्ष श्रेष्ठले बताए ।
रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
सो अवसरमा प्रमुख न्यौपानेले स्व. सचिन कुमार श्रेष्ठले तत्कालीन समयमा रगतको अभावले ज्यान गुमाएको बताए । त्यसैले रक्तदान नै जिवनदान भएको प्रमुख न्यौपानेले बताए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वैकुण्ठ न्यौपानेले पहिलो रक्तदाता तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ `राकु´लाई ब्लड ब्याग दिएर गरेका थिए ।
हरेक वर्ष क्लबका तत्कालीन सह-सचिव स्व. सचिन कुमार श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम गर्दै गईरहेको क्लबले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँ र रेडक्रस तनहुँको प्राविधिक सहयोग रहेको थियोे ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन