भनिन्छ, मोटो शरिर रोगको भण्डार हो । मोटोपन सुन्दरता र स्वस्थता दुवैका बाधक हुन् । अबिसिटी तथा मोटोपनाले विभिन्न रोगहरु निम्त्याउने हुँदा त्यसलाई नियन्त्रण गर्ने लक्ष्यले पोखरा महानगरपालिका न्यूरोड स्थित शेप अप स्लिमिङ सेन्टरले सेलिब्रिटी शेपअप च्यालेन्ज गर्दैछ ।

३ महिने फिट्नेश च्यालेन्जमा प्रथम प्रतियोगीका रुपमा सञ्चारकर्मी तथा होष्ट निशा पन्थी रहनेछिन् । यो च्यालेन्जमा शेप अप स्लिमिङ सेन्टरले पन्थीलाई प्राकृतिक तरिकाले ३ महिनामा बिना कुनै साइड इफेक्ट १५ केजी सम्म घटाउने निर्णय छ । प्रतियोगिताको फम्र्याट नै ३ महिनामा १५ केजी सम्म घटाउने हो ।
सेलिब्रिटी शेपअप च्यालेन्जमा पहिलो प्रतियोगी हुन पाउँदा पन्थीले अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिईन् । स्वस्थ रहन व्यायामको आवश्यकता छ तर व्यस्त मानिसहरुलाई समयको अभाव, शहरमा स्थान अभावले पनि यो शेप अप अत्यन्तै राम्रो विकल्प रहेको संस्थाका म्यानेजर सविता कर्मचार्यले बताईन् ।

मोटोपनलाई बेलैमा नियन्त्रण नगरे विभिन्न रोगहरु जस्तै मुटुरोग, अबिसिटी, उच्च रक्तचाप, स्ट्रोक, कालेजोमा बोसो जम्ने, मानसिक तनाव, क्यान्सर, पत्थरी देखी अकालमै मृत्यु समेत हुन्छ । यो प्रविधि प्रेसर हाइ हुने, थाइराइड हुने बिरामीलाई समेत उपयुक्त रहेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो