पोखरा । प्रदेशी प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷०७६ को १० महिना बितिसक्दा हालसम्म करिब १६ प्रतिशत मात्रै बजेट खर्च भएको पाईएको छ । चालु आबमा गण्डकी प्रदेश सरकारले बिभिन्न ठूला योजनाहरु सार्वजनिक गरेपनि १० महिना बितिसक्दासम्म पूँजीगत तर्फको कुल बजेट मध्य करिब १६ प्रतिशत मात्रै खर्च गरेको पाईएको हो ।
चालु आबमा प्रदेश सरकारले पूँजीगत तर्फको १५ अर्व ९० करोड बजेटमध्ये पछिल्लो तथ्याङ्क अनुसार २ अर्व ६४ करोड रुपैयाँ (१६.६) प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुसार पूँजीगत तर्फ पछिल्लो तथ्याङ्क अनुसार सामाजिक विकास मन्त्रालले ५, आन्तरिक मामिलाको ८, उद्योग पर्यटनको ९, भौतिक पूर्वाधारको २२, अर्थ मन्त्रालयले २६, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले ५६, प्रदेशसभाले ७३ र मुख्य न्यायधिबक्ता कार्यालयले ८३ प्रतिशत बजेट खर्च गरेका छन् ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख जयराम पौडेलका अनुसार बजेट औसतमा धेरै बजेट बिनियोजन भएका मन्त्रालयहरुले कम र थोरै बजेट बिनियोजन हुने मन्त्रालयहरुले बढि बजेट खर्च गरेका छन् । सरकारको मूल्यांकन पूँजीगत खर्चका आधारमा हुने बताउँदै पौडेलले चालु आबमा गण्डकी प्रदेश सरकारले करिब ५० प्रतिशत बजेट गर्नसक्ने संकेत देखिएको बताएका छन् । प्रदेश मातहतका कार्यालयमा कर्मचारी र श्रोत साधनको अभाव भएको कारण देखाउँदै उनले लक्ष्य अनुसार बजेट खर्च गर्न हुन नसकेको बताए ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला