पोखरा । प्रदेशी प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷०७६ को १० महिना बितिसक्दा हालसम्म करिब १६ प्रतिशत मात्रै बजेट खर्च भएको पाईएको छ । चालु आबमा गण्डकी प्रदेश सरकारले बिभिन्न ठूला योजनाहरु सार्वजनिक गरेपनि १० महिना बितिसक्दासम्म पूँजीगत तर्फको कुल बजेट मध्य करिब १६ प्रतिशत मात्रै खर्च गरेको पाईएको हो ।
चालु आबमा प्रदेश सरकारले पूँजीगत तर्फको १५ अर्व ९० करोड बजेटमध्ये पछिल्लो तथ्याङ्क अनुसार २ अर्व ६४ करोड रुपैयाँ (१६.६) प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुसार पूँजीगत तर्फ पछिल्लो तथ्याङ्क अनुसार सामाजिक विकास मन्त्रालले ५, आन्तरिक मामिलाको ८, उद्योग पर्यटनको ९, भौतिक पूर्वाधारको २२, अर्थ मन्त्रालयले २६, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले ५६, प्रदेशसभाले ७३ र मुख्य न्यायधिबक्ता कार्यालयले ८३ प्रतिशत बजेट खर्च गरेका छन् ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख जयराम पौडेलका अनुसार बजेट औसतमा धेरै बजेट बिनियोजन भएका मन्त्रालयहरुले कम र थोरै बजेट बिनियोजन हुने मन्त्रालयहरुले बढि बजेट खर्च गरेका छन् । सरकारको मूल्यांकन पूँजीगत खर्चका आधारमा हुने बताउँदै पौडेलले चालु आबमा गण्डकी प्रदेश सरकारले करिब ५० प्रतिशत बजेट गर्नसक्ने संकेत देखिएको बताएका छन् । प्रदेश मातहतका कार्यालयमा कर्मचारी र श्रोत साधनको अभाव भएको कारण देखाउँदै उनले लक्ष्य अनुसार बजेट खर्च गर्न हुन नसकेको बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु