पोखरा । गण्डकी प्रदेशको प्रतिव्यक्ति आय कुल ग्राहस्थ उत्पादन ९ सय ४८ अमेरीकी डलर रहेको छ । केन्द्रिय तथ्याङ्क विभागले प्रदेश स्तरीय राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै गण्डकी प्रदेशका नागरिकको प्रतिब्यक्ति आय ९ सय ४८ डलर रहेको जनाएको हो ।
प्रदेश सरकारले भने आगामी ५ बर्षमा दोब्बर भन्दा पनि बढी २ हजार ५ सय भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ । आर्थिक केही प्रमुख आर्थिक सुचकहरुको अबस्था मध्य स्थिर मुल्य अनुसार कुल ग्राहस्थ उत्पादन बृद्धिदर आधारभुत मुल्यमा ७.०६ प्रतिशत रहेको निर्देशक भण्डारीले बताए । चालु मुल्य अनुसार कुल ग्राहस्थ उत्पादन आधारभुत मुल्यमा २ खर्ब ७५ अर्ब ९७ करोड ९० लाख, चालु मुल्य अनुसार कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मुल्यमा २ खर्ब ८८ अर्ब २० करोड ७० लाख रहेको उनले जनाए ।
गण्डकी प्रदेशमा गैर कृषि क्षेत्रबाट ७०.०६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको केन्द्रिय तथ्याङ्क विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीले बताए । कृषि तथा वनले गण्डकी प्रदेशमा कुल ग्राहस्थ उत्पादनमा २९.९१ प्रतिशत योगदान दिएको उनले बताए । मत्स्यपालनमा यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ०.०३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ भने कुल मुल्य अभिबृद्धि बार्षिक बृद्धिदरमा ७.६७ प्रतिशतले रहने प्रारम्भिक अनुमान गरिएको हो ।
खानी तथा उत्खननमा ०.८० प्रतिशत, उद्योगमा ३.२१ प्रतिशत, बिद्युत, ग्याँस तथा पानीमा २.८० प्रतिशत, निर्माणमा ११.४१ प्रतिशत, थोक तथ खुद्रा व्यापारमा ७.९९ प्रतिशत, होटल तथा रेष्टुरेण्टले ३.८७ प्रतिशत, यातायात तथा संंचार तथा भण्डारणले ५.७६ प्रतिशत, वित्तीय मध्यस्थताले ५.२३ प्रतिशत, रियल स्टेट तथा व्यवसायिक सेवामा ७.२६ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षाले ३.५२ प्रतिशत, शिक्षाले ७ं.२७ प्रतिशत स्वास्थ्यले ३.२३ प्रतिशत र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाबाट यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ७.७४ प्रतिशत योगदान दिएको सार्वजनिक गरिएको तथ्याङकमा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशले कुल ग्राहस्थ उत्पादनमा २ खर्ब ८८ अर्ब २० करोडको योगदान दिएको छ । गण्डकी प्रदेशले कुल ग्राहस्थ उत्पादनमा ७.०६ प्रतिशत योगदान दिएको निर्देशक भण्डारीले बताए । त्यसै गरी सवै भन्दा बढी प्रदेश नम्बर ३ ले १४ खर्ब ३२ अर्ब ७५ करोडको योगदान दिदा कर्णाली प्रदेशले भने १ खर्ब १९ अर्ब २५ करोडको योगदान दिएको छ । त्यसै गरी प्रदेश नम्बर २ ले ४ खर्ब ४४ अर्ब ४९ करोड, प्रदेश नम्बर ५ ले ५ खर्ब ५२ अर्ब ७९ करोड र सुदुर पश्चिम प्रदेशले २ खर्ब २० अर्ब ९५ करोडको योगदान दिएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’