पोखरा, ११ जेठ । नेगेटिभ समूह तथा दुर्लभ रगत भएका व्यक्तिहरु पोखरामा एकीकृत भएका छन् । दुर्लभ समूहका व्यक्तिहरु दुर्घटनामा परे तथा उनीहरुका उपचारका क्रममा आवश्यक पर्ने रगत पाउन निकै कठिन भएको महसुस गर्दै दुर्लभ समूहका रक्तदाताहरु एकजुट भएका हुन् ।
ए नेगेटिभ रक्तसमूहका सागरराज पौडेल, बी नेगेटिभ रक्तसमूहका नेत्र ढकाल, ओ नेगेटिभ रक्त समूहका उमेश शाह, एबी नेगेटिभ समूहका तर्फबाट श्रीधर आचार्य, दाह्री ग्याङ ग्रुपका प्रतिनिधि वीरेन्द्र पराजुली, सदस्यसचिव यमुना केसी, रेडक्रस उपशाखाका तर्फबाट किसान परियार गरी सात सदस्यीय समूह गठन गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी कास्कीले शनिबार पोखरामा दुर्लभ रक्तदाताहरुबीच अन्तक्र्रिया कार्यक्रम गरी समूह गठन गरेको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति तथा स्वास्थ्य समिति संयोजक डण्डराज शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखा ३१ सभापति किसान परियार, नेगेटिभ ब्लड ग्रुपका तर्फबाट नेत्र ढकालले दुर्लभ रक्त समूह भएका व्यक्तिहरुले रगत प्राप्त गर्न भोगेका समस्याका बारेमा बोलेका थिए ।
कार्यक्रममा उपसभापति कृष्ण तिमिल्सिनाले स्वागत गरेका थिए । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख ध्रुबमणि लामिछानेले कार्यक्रममाथि प्रकाश पारेका थिए । स्वास्थ्य उपसमिति सदस्य तथा आरदायू व्यवस्थापक हरिश्चन्द्र शर्माले सात सिद्धान्त वाचन गरे । कार्यक्रमको सञ्चालन क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्राविधिक अधिकृत अर्जुन ज्ञवालीले गरेका थिए ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने