पोखरा, ११ जेठ । नेगेटिभ समूह तथा दुर्लभ रगत भएका व्यक्तिहरु पोखरामा एकीकृत भएका छन् । दुर्लभ समूहका व्यक्तिहरु दुर्घटनामा परे तथा उनीहरुका उपचारका क्रममा आवश्यक पर्ने रगत पाउन निकै कठिन भएको महसुस गर्दै दुर्लभ समूहका रक्तदाताहरु एकजुट भएका हुन् ।
ए नेगेटिभ रक्तसमूहका सागरराज पौडेल, बी नेगेटिभ रक्तसमूहका नेत्र ढकाल, ओ नेगेटिभ रक्त समूहका उमेश शाह, एबी नेगेटिभ समूहका तर्फबाट श्रीधर आचार्य, दाह्री ग्याङ ग्रुपका प्रतिनिधि वीरेन्द्र पराजुली, सदस्यसचिव यमुना केसी, रेडक्रस उपशाखाका तर्फबाट किसान परियार गरी सात सदस्यीय समूह गठन गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी कास्कीले शनिबार पोखरामा दुर्लभ रक्तदाताहरुबीच अन्तक्र्रिया कार्यक्रम गरी समूह गठन गरेको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति तथा स्वास्थ्य समिति संयोजक डण्डराज शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखा ३१ सभापति किसान परियार, नेगेटिभ ब्लड ग्रुपका तर्फबाट नेत्र ढकालले दुर्लभ रक्त समूह भएका व्यक्तिहरुले रगत प्राप्त गर्न भोगेका समस्याका बारेमा बोलेका थिए ।
कार्यक्रममा उपसभापति कृष्ण तिमिल्सिनाले स्वागत गरेका थिए । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख ध्रुबमणि लामिछानेले कार्यक्रममाथि प्रकाश पारेका थिए । स्वास्थ्य उपसमिति सदस्य तथा आरदायू व्यवस्थापक हरिश्चन्द्र शर्माले सात सिद्धान्त वाचन गरे । कार्यक्रमको सञ्चालन क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्राविधिक अधिकृत अर्जुन ज्ञवालीले गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा फरार दोषी पक्राउ
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने