आइतबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले सामयिक घटनाहरुका साथै आगामी बजेटसँग जोडिएका आर्थिक खबरहरुलाई प्राथमिकता दिएका छन् । नेपाल साप्ताहिकले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘क. बाहुबली’ नाम दिएर कार्टूनसहितको आवरण स्टोरी प्रकाशित गरेको छ ।
नेपाल साप्ताहिकले लेखेको छ( २१ घटनाले बताउँछन्, ओलीमा शक्तिको असीमित तीर्खा छ । मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक संस्थाहरुको कार्यक्षेत्र खिच्ने प्रधानमन्त्री ओलीको प्रयासमा शक्तिको असीमित तीर्खा छ ।
नेपाल साप्ताहिकको आवरण कथामा पत्रकार योगेश ढकालले प्रधानमन्त्री ओलीमा शक्तिको भोक रहेको पुष्टि गर्न प्रस्तुत गरेका २१ वटा तर्क यस्ता छन्
झापा मोह, पार्टी्भित्र पकड प्रयास, मन्त्रीमाथि नियन्त्रण, यातायात सिन्डिकेटको रक्षक, बुद्धिजीवीमाथि आक्रमण, विभिन्न राजनीतिक नियुक्ति, प्रेस स्वतन्त्रतामाथि अंकुश, राजदूत नियुक्ति, प्रदेश सरकारमा दबाव, संसद नियन्त्रण प्रयास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो मान्छेको नियुक्ति, अदालतमा प्रभाव, निर्वाचन आयोगमा प्रभाव, एनजीओरआइएनजीओमा मापदण्ड र अनुगमन, राष्ट्रिय योजना आयोगमा प्रभाव, राष्ट्रिय सुरक्षा परिषद, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र मानवअधिकार आयोगमा प्रभाव, शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’