तनहुँको गाछेपानीमा दुध बाेक्ने जीप र माेटरसाइकल ठाेक्किँदा माेटरसाइकल चालककाे मृत्यु

तनहुँको गाछेपानीमा दुध बाेक्ने जीप र माेटरसाइकल ठाेक्किँदा माेटरसाइकल चालककाे मृत्यु

Gachhepani 1

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको गाछेपानिमा दुध बाेक्ने जिप र माेटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटना परि माेटरसाइकल चालक इलामको माइजुमाइ गाउपलिका-३ बस्ने वर्ष २६ को शैलेस लिम्डुमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट दमौली तर्फ आउदै गरेको ग २ च ९६२२ नम्बरको दुध बोक्ने जिप र दमौलीबाट पोखरा तर्फ जादै गरेको मे ५ प ९२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

तनहुँको शुक्लागण्डकी-२ गाछेपानिमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक लिम्डुमको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्ण बहादुर अधिकारिले जानकारी दिए ।

मोटरसाइकल चालकको बेलचौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । मृतक माेटरसाइकल चालक नेपाली सेनाको गौरीबक्स गुल्म पोखरामा कार्यरत रहेका थिए । प्रहरीले दुबै सवारी साधन र जिप चालकलाई नियन्त्रणमा लिएको छ ।
फोटो: शंकर पन्त

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds