तनहुँ । तनहुँको व्यास नगरपालिका र अष्ट्रेलियन भोलेन्टियर प्रोग्राम बीच सोमबार व्यास नगरपालिकामा एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका विभिन्न स्थानमा स्वंयमसेवा प्रदान गर्दै आईरहेको उक्त संस्थाले व्यास नगरपालिकामा पनि सेवा प्रदान गर्ने निर्णय गरेपछि सोहि सन्दर्भमा अन्तरक्रिया गरिएको हो ।जस अन्तरगत अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामका तर्फबाट अष्ट्रेलियन नागरिक स्टेफेनि हार्डरले यहि मे महिनाबाट सेवा सुरु गर्नेछिन् ।
हार्डरले शहरी विकासका योजनाको बारेमा काम गर्ने व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाले निर्माण गरिरहेको दिर्घकालिन विकास योजनामा समेत हार्डरले काम गर्ने पनि जनाईएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अहिलेको संरचना अनुरुप विगतका गाविसका विभिन्न भागहरु नगरपालिकामा समेटिएकाले नगर र ग्रमिण भागको विकासलाई समान तरिकाले अगाडि बढाई पुर्बाधार विकासमा समेत अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामको सहयोग महत्वपुर्ण रहने बताए ।
कार्यक्रममा अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामका नेपालस्थित कार्यक्रम संयोजक राजेन्द्र खड्काले स्वंयमसेवा गर्न लागिएको संस्थासंग समन्वयात्मक रुपमा काम गर्न सकिएमा अपेक्षित प्रतिफल हासिल गर्न सकिने बताए ।
अष्ट्रेलियन भोलेन्टियर प्रोग्रामले सन १९९७ देखी नेपालका विभिन्न भागमा भोलेन्टियर सेवा प्रदान गर्दै आईरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका उप-प्रमुख मिरा जोशी, प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्त, वडाअध्यक्षहरु मोहन कुमार श्रेष्ठ, काशिराम श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्