तनहुँ व्यासको पर्यटन प्रवर्द्धनको लागि सरोकारवालासंग अन्तरक्रिया : १४ कार्यक्षेत्र, ५९ कार्यक्रम

तनहुँ व्यासको पर्यटन प्रवर्द्धनको लागि सरोकारवालासंग अन्तरक्रिया : १४ कार्यक्षेत्र, ५९ कार्यक्रम

Vya Paryatan antar

तनहुँ । व्यास नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा विहिबार दमौलीमा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।

व्यास नगरपालिकाका पर्यटन प्रवर्द्धन समितिका संयोजक एवं व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले व्यास नगरपालिकाले कृषि, पर्यटन र शिक्षा लाई महत्वपुर्ण स्थानमा रहेको बताए । आगामी बजेट तर्जुमा गर्दा अन्तरक्रियामा समेटिएका विषय लाई महत्वपूर्ण स्थानमा राखिने न्यौपाने बताए ।

व्यास नगरपालिकाले गर्दै आएको अल्ट्रा म्याराथुनले समेत व्यासको पर्यटन प्रवर्द्धन गर्ने न्यौपानेले बताए । धार्मिक, सांस्कृतिक सम्पदाहरुको जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन समेत न्यौपानेले अनुरोध छन ।

व्यास नगरपालिकाको आयोजनामा व्यास नगरपालिकालाई पर्यटकिय नगर बनाउन के गर्न सकिन्छ भन्ने कुरामा स्थानीय तथा सरोकारवाला बीच पर्यटन प्रबर्द्धनका लागी अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा पर्यटन विकास समिति तनहुँका अध्यक्ष एवं पर्यटन विज्ञ हरि सिं गुरुङले पर्यटन प्रबर्द्धनका सम्भावित तनहुँका स्थान र सस्कृति बारे फोटो मार्फत जानकारी गराएका थिए ।

गुरुङले पर्यटनको महत्त्व र यस्को बर्तमान अवस्था, ग्रामीण पर्यटनको आवश्यकता, ग्रामीण पर्यटनको महत्त्व, शहरी र ग्रामीण पर्यटन बिचको अन्तर समन्ध,ग्रामीण पर्यटनको लागि सरकारी प्रयास, ग्रामीण पर्यटनको वर्तमान अबस्था,ग्रामीण पर्यटनको चुनौती बुदागत रुपमा विश्लेषण गरेका थिए ।

त्यस्तै गुरुङले जिल्लामा संचालन हुँदै आएका होमस्टे र तीनका अवस्था बारेमा जानकारी समेत दिएका थिए ।

१४ कार्यक्षेत्र, ५९ कार्यक्रम

व्यास नगरपालिकाले अब १४ कार्यक्षेत्र छुट्टाएर ५९ कार्यक्रम गर्ने लक्ष्यका साथ अघि बढेको पर्यटन विज्ञ हरि सिं गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा बताए ।

प्राथमिकता नम्बर १,२ र ३ गरि कार्यक्रम राखिएको उनले जानकारी दिए । यी कार्यक्रमहरु नजिकका गाउँपालिका, नगरपालिका, विभिन्न पर्यटन सम्बन्धि संघ-सस्थाहरु संग सहकार्य गरि गर्नुपर्ने पर्यटन विज्ञ गुरुङ बताउछन ।

त्यस्तै कार्यक्रममा सहभागी क्षेत्रिय होटल संघ तनहुँका सचिव विकास खनालले व्यासको जन्मभूमिमा हिन्दु धर्मालम्बी लाई भित्याउनु पर्ने बताउछन । दमौलीको नमुना टाउन प्लानिङ्ग समेत आज भोलि हराउदै गएको उनले बताए ।

उक्त कार्यक्रममा व्यास नगरपालिका करिब सबै वडा अध्यक्षहरु, विभिन्न संघसस्थाका प्रतिनिधि जिल्लाबाट पर्यटन क्षेत्रमा आवद्ध ब्याबसायी होटल ब्याबसायिको सहभागीता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ