कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक आडमा अवैध काम गर्नेहरूलाई निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा निर्मित व्यायामशालाको उद्घाटन गर्दै उनले अवैध काम गर्नेलाई नछोड्न प्रहरीलाई आग्रह गरेका हुन् । उनले राजनीतिक संरक्षित गुन्डाहरूलाई तह लगाउने प्रहरीको काममा प्रदेश सरकारको साथ रहने बताए । ‘राजनीतिक सुरक्षा कवचमा अवैध धन्दा गर्नेलाई प्रहरीले हात हालोस्,’ उनले भने, ‘यस्ताले नै प्रहरीको बदनाम गर्ने हुन्, यिनीहरूलाई ठीक पार्ने काममा प्रदेश सरकारको पूर्ण सहयोग रहन्छ ।’
मुख्यमन्त्री गुरुङले राजनीतिबाट संरक्षित वा दलनिकट मानिसविरुद्ध आउने उजुरी दर्ता गर्न नमानेका गुनासा आउने गरेको र यसको अन्त्य गर्न निर्देशन पनि दिए । कोही व्यक्ति उजुरी गर्न आए त्यसको पृष्ठभूमि हेर्ने नभई उजुरी दर्ता गरेर अनुसन्धानमा लाग्न उनले सुझाब दिए । उजुरी दर्ता नगर्दा प्रहरीको गरिमामा आँच आउनेतर्फ उनले सचेत गराए । नागरिकले आफ्नो मान्छे ठाममा नभएको, नेता नभएको, हाकिम नभएको या हाम्रो कुरा कसले सुन्ने भन्ने गुनासो गर्ने गरेको उनले कार्यक्रममा बताए । उनले भने, ‘उजुरी दर्ता गरेर काम गरिहालौँ, नेता र राजनीति हेरेर उजुरी दर्ता नै नगर्ने प्रवृत्तिको अन्त्य गरौँ, सत्ताधारीविरुद्ध कारबाही नै हुन्न भन्ने मान्यता बस्नु गलत हुनेछ ।’
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुदलीय व्यवस्थामा विधिको दुरुपयोग गरेर नेपाल प्रहरीलाई सबैभन्दा धेरै राजनीतीकरण गरिएको स्मरण गरे । अमूक पार्टी मात्र नभई अमूक नेताको नै सुरक्षा निकाय हो कि जस्तो भान हुनेगरी विगतमा काम भएको उनको भनाइ छ । उनले भने, ‘गृहमन्त्रीको गुनगान गाउने, भक्तिभाव प्रकट गर्ने हिजोको अवस्था अब रहन हुन्न,’ विगतमा प्रहरी नेतृत्व चुन्ने वेला भएको चलखेलतर्फ संकेत गर्दै अव विधि र प्रक्रियाबाट अगाडि बढ्ने, सत्ता वा शक्तिको नभई जनताको प्रहरी बन्नुपर्ने उनको भनाइ छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो