तनहुँको छिर्कनेमा बलेरो दुर्घटना : चालक सहित २ जना घाइते, घाइतेको भरतपुरमा उपचार हुँदै

तनहुँको छिर्कनेमा बलेरो दुर्घटना : चालक सहित २ जना घाइते, घाइतेको भरतपुरमा उपचार हुँदै

accident pic symbol

photo accident symbol

तनहुँ । तनहुँको छिर्कनेमा सोमबार बिहान बलेरो दुर्घटना हुँदा दुई जना घाइते भएका छन । तनहुँको व्यास न.पा. १२ छिर्कने स्थित पृथ्वीराजमार्गमा चितवनबाट पोखरातर्फ आउदै गरेको ना ४ च ७५१५ नं. को बलेरो आफै अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सो बलेरो सडकबाट अन्दाजी १०० मिटर तल खस्दा चालक सहित दुई जना घाइते भएका छन ।

घाइते हुनेमा चालक धादिङ बसेनी गा.पा. ८ बस्ने बर्ष २५ को सुमन कार्की र सोहि गाडीमा सवार गोरखाको गण्डकी गा.पा. ६ बस्ने वर्ष ४२ को शिवनारायण श्रेष्ठ रहेको प्रहरी जनाएको छ ।

चालक कार्कीको टाउको र अनुहारमा चोट लागेको र अबस्था सिरियस छ भने श्रेष्ठको अनुहारमा चोट सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुबै घाईतेलाई रत्नहरी अस्पताल दमौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ