तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा घुम्ति शिविर सञ्चालन गरी ११० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।
ग्रामीण क्षेत्रका बासिन्दालाई घरदैलोमै सेवा र्पुयाउने लक्ष्यका साथ जिप्रका तनहुँले हरेक महिना स्थानीय तहमा घुम्ति शिविर सञ्चालन गर्दै आएको छ ।
कार्यालयले सञ्चालन गरेको उक्त शिविर मार्फत नागरिकता प्रमाणपत्र जारी, मतदाता नामावली संकलन लगायतका सेवा प्रवाह गर्ने गरेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।
देवघाट गाउँपालिकाको वडा नं. २ मा सञ्चालन गरिएको शिविरमा स्थानीय ७१ वर्षीय मनिसरा थापा मगरलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त शिविरमा ६५ जना महिला र ४५ जना पुरुषलाई गरी ११० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
त्यस्तै, शिविरमा निर्वाचन कार्यालय तनहुँले ११२ जनाको मतदाता नामावली संकलन गरेको छ । जनतालाई घरदैलोमै नजिकबाट सेवा र्पुयाउने उद्देश्यले स्थानीय तहसंग समन्वय गरी हरेक महिना घुम्ति शिविर संचालन गरिदै आइएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका समेतमा घुम्ति सेवा शिविर सञ्चालन गरिसकेको छ ।
प्रशासनले हालसम्म घुम्ति सेवा शिविर मार्फत १ हजार ३५८ वटा नागरिकता जारि गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँमा विद्यार्थीको गालामा पन्यु तताएर डाम्ने शिक्षिका पक्राउ
तनहुँमा प्रहरीलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
तनहुँमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति