तनहुँको भानुमा ९१ थान लागुऔषध सहित खत्री पक्राउ

तनहुँको भानुमा ९१ थान लागुऔषध सहित खत्री पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध सहित एक जना युवक लाई पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका वडा नं २ आमबोटे स्थितमा शंकास्पद रुपमा फेला परेका आमबोटे बस्ने वर्ष २३ को रमेश खत्रीलाई प्रहरी पक्राउ गरेको हो ।

शरिर खानतलासी लिँदा खत्रीको साथबाट डाईजेपाम २७ थान, फेनरागन ३२ थान र नुफिन ३२ गरी जम्मा ९१ थान लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त लागुऔषध बरामद गरी खत्रीलाई पक्राउ गरी लागुऔषध मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ