काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा करियर प्वाइन्ट एजुकेसन सर्भिसको आयोजनामा बुधबार बौद्धमा स्वच्छ वायुको अधिकार सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाल टिन लिडर्सका सदस्यहरुले गरेको करियर प्वाइन्ट एजुकेसन सर्भिसका संचालक विशाल केसीले बताए ।
‘स्वच्छ वायु स्वच्छ जिवन’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरिएको नेपाल टिन लिडर्सको सदस्य रोमियो घले गुरुङले बताए ।

बौद्ध क्षेत्रका बालबालिकाहरुले स्वच्छ वायुको अधिकार सम्बन्धि ‘डियर सरकार खै त मेरो स्वच्छ हावामा जिउने अधिकार’, ‘वायु प्रदुषण पनि विनाशको एक हतियार हो’, ‘नाक मुख छोपेर अपराधि जस्तो भएर म कहिले सम्म हिड्ने’, ‘स्वच्छ हावा मेरो अधिकार’ लगाएतका नारा सहितको प्ले कार्ड बोकेर बौद्धमा प्रदर्शन गरेका थिए ।
प्रदुषणको मुख्य असर बालबालिकाहरु लाई सिधै पर्ने भएको हुँदा उनीहरुले दैनिक रुपमा सामाना गर्नुपर्ने समस्या विरुद्ध र सम्बन्धित निकाय झकझक्याउन बालबालिकाले नेपाल टिन लिडर्स संग मिलि यो कार्यक्रम गरिएको नेपाल टिन लिडर्सकी सदस्य ओजस्वि शिवाकोटीले बताइन ।

उक्त विभिन्न वायु सम्बन्धि माग सहित सरकारलाई वायु प्रदुषण घटाउन झक्झक्याउने कोशिस उनीहरुले कार्यक्रम मार्फत गरेका थिए । सो कार्यक्रममा बौद्धको सर्वनाम शिक्षालयका विद्यार्थीहरुको विशेष उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
संयुक्त राष्ट्रद्वारा घोषित ‘विश्व वातावरण दिवस’ पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस