विश्व वातावरण दिवसमा आँबुखैरेनी गाउँपालिकाले रोप्यो १ हजार विरुवा

विश्व वातावरण दिवसमा आँबुखैरेनी गाउँपालिकाले रोप्यो १ हजार विरुवा

FB_IMG_1559746772178

तनहुँ । तनहुँको आँवुखैरेनी गाउँपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरेको छ ।

‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ भन्ने नाराका साथ ‘एक नागरिक एक विरूवा रोपण अभियान’ गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले गाउँपालिका प्राङगणमा वृक्षारोपण गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

साेहि अवसरमा अध्यक्ष थापाले आबुखैरेनीलाई हरियाली बनाउने अभियानमा सम्पुर्ण गाउँपालिका भित्र रहेका टाेल सुधार समितिलाई विरूवा रोप्ने मात्र नभई विरूवालाई हुर्काइ नमुनाकाे रूपमा प्रस्तुत गर्न गरेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले कायर्क्रमकाे बारेमा जानकारी दिएका थिए ।

गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मका विभिन्न स्थानमा र गाउँपालिकाको प्राङ्गणमा करिब १ हजार वृक्षाराेपण तथा र १०० थान गमला वितरण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ