पोखरामा भोलि हुने ‘नेपालमा स्मार्ट सिटी अनुभव र अवधारणा’ कार्यक्रमको तयारी पूरा

पोखरामा भोलि हुने ‘नेपालमा स्मार्ट सिटी अनुभव र अवधारणा’ कार्यक्रमको तयारी पूरा

Smart City

सूर्य तिमिल्सिना, पोखरा । ‘तपाईंको भोगाई हाम्रो सिकाई’ भन्ने नारालाई आत्मसाथ गर्दै सुरु गरिएको पोखरा बोल्छ कार्यक्रमको उन्नाइसौं शृखंला अन्तर्गत हुन लागेको “नेपालमा स्मार्ट सिटी अनुभव र अवधारणा” विषयक बहसको सम्पूर्ण तयारी पुरा भएको छ ।

हरेक महिना युवा वैचारिक समाज कास्कीले आयोजना गर्ने ‘पोखरा बोल्छ’ कार्यक्रमको उन्नाइसौं शृंखलाको निरन्तरता स्वरूप यहि जेष्ठ २५ गते शनिबार विहान ८ बजेदेखि १० बजेसम्म न्युरोड पोखरा स्थित हिमालयन रिडर्स कर्नरको सभाहलमा उक्त कार्यक्रम हुँदैछ ।

युवा वैचारिक समाज (Youth Thinkers Society) पोखराको आयोजनामा हुन लागेको उक्त बहस कार्यक्रममा वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाण र शहरी विकास मन्त्रालयका पुर्वसचिव किशोर थापा प्यानालिस्टको रुपमा रहने युवा वैचारिक समाज पोखराकी अध्यक्ष सजुमा घिमिरेले बताइन् ।

वालिङ नगरपालिका मेयर खाणकै भिजन अनुसार स्मार्ट सिटी बनाउने दुरगामी सोच अनुरुप पूर्वाधार विकासमा अघि बढिसकेको छ । त्यस्तै किशोर थापा पनि शहरी विकास मन्त्रालयमा काम गर्ने क्रममा थुप्रै अनुभब बटुलेका व्यक्तित्व हुन् । उनीहरुले यस बिषयमा आफ्ना अनुभव र अवधारणा प्रस्तुत गर्ने छन् ।

स्मार्ट सिटी सम्बन्धी बिषय पछिल्लो समय चर्चामा रहेकाले यस संग सम्बन्धित मन्थनबाट यो बिषय आम जनता माझ थप सरल एबम फराकिलो हुने र यसबाट स्मार्ट सिटी निर्माणमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।

“पोखरा बोल्छ” कार्यक्रम पोखरामा रहेर विभिन्न क्षेत्रमा काम र योगदान गरिरहेका व्यक्तित्वहरुलाइ आफ्नो अनुभव र सिकाई युवाहरुमाझ बाड्न अभिप्रेरित गर्ने कार्यक्रम हो ।

यस अभियानले उन्नाइसौं शृंखलासम्म आइपुग्दा युवाको वैदेशिक शिक्षा-मोह , एच.आइ.भी एड्स र लागुपदार्थ दुर्व्यशन, राजनीतिमा युवा, निर्वाचन बिशेष बहस, नेपाली राजनीतिमा युवाको भूमिका र अवसर, पुर्बिय सभ्यतामा ज्ञान उत्पादन र हस्तान्तरण बिधि जस्ता विषयहरुलाई उठान गरिसकेको छ ।

युवा वैचारिक समाज पोखराकै उपाध्यक्ष स्मृति बरालका अनुसार यस संस्थाले स्वयंमसेवामा आधारित भएर युवा सशक्तिकरण, नेतृत्व विकास, उद्यमशीलताका साथै सिप-विकासका क्षेत्रमा विगत एक वर्ष अघि देखि काम गर्दै आएको छ ।

यस संस्थाले पोखरा बोल्छ संगसंगै नमुना राष्ट्र संघ (Model United Nation) कार्यक्रमका माध्यमबाट पोखराका स्कुल देखि क्याम्पसका विद्यार्थीमाझ नीतिगत तहमा वहस को थालनी गर्नुका साथै अन्य संघ संस्थाहरुको समन्वयमा शैक्षिक मेला, मोटीभेसनल सेमिनार लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यस्तै युवा केन्द्रित गतिविधिकै कारण पछिल्लो समय यो सस्था युवाहरु माझ लोकप्रिय बन्दै गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ