पोखरा । प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ वर्ष खेलाडी बनेका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गर्दै आएको चौथो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा उनीहरु गण्डकी प्रदेशकै वर्ष खेलाडी बन्न सफल भएका हुन् । वर्ष खेलाडीमा पुरुषतर्फ युकेशले टीभीएस अपाचे मोटरसाइकल र महिलातर्फ सुस्मी श्रेष्ठले टीभीएस वीगो स्कूटरको साथमा ट्रफी र प्रमाणपत्र हात पारे ।

शुक्रबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका कार्यलयका कार्यकारी अधिकृत शेषनारायण पौडेलले युकेशलाई वर्ष खेलाडी घोषणा गरेका हुन् । पोखरा महानगरपालिकाकी उपप्रमूख मञ्जुदेवी गुरुङले सुस्मी श्रेष्ठलाई महिलातर्फको वर्ष खेलाडी घोषणा गरिन् । वर्ष खेलाडी पुरुषतर्फको मनोेनयनमा युकेशलगायत अन्य अमृत थापा (स्क्वास) र रुपक नेपाली (फूल कन्ट्याक्ट कराँते) थिए । त्यस्तै, महिलातर्फको मनोनयनमा सुस्मीलगायत अन्य प्रीती बराल (सफ्ट टेनिस) र श्रेया केसी (सुटिङ) थिए ।

सुटिङकी श्रेया केसी पपुलर अफ दि इअरको अवार्र्डबाट सम्मानित भएकी छन् । श्रेयाले नगद २५ हजार र ट्रफी हात पारिन् । अवार्डका लागि खेलाडी छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले श्रेयालाई पपुलर आफ दि इअर–२०७५ घोषणा गरेका हुन् ।
मञ्चका संस्थापक अध्यक्षसमेत रहेका ज्ञवालीले नेपाल टेलिकमले दिएको सूचना अनुसार श्रेयालाई पपुलर प्लेयर अफ दि इअरको घोषणा गरेका हुन् । वर्ष पपुलर प्लेयर अफ अवार्ड यस वर्षदेखि थप गरिएको विधा हो । वर्ष खेलाडी पुरुष, महिला र उदियमान विधाबाट मनोनयनमा परेका ९ मध्ये एकलाई एसएमएस आधारमा पपुलर प्लेयर अफ दि इअर घोषणा गर्ने विधा थपिएको थियो ।

मञ्चले यसपालि लाइफटाइम अचिभ मेन्ट अवार्ड चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।

यसअघि, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा (२०७२), खड्गबहादुर रानाभाट (२०७३) र प्राडा वीरेन्द्रसिंह गुरुङ (२०७४) सम्मानित भैसकेका छन् ।
उत्कृष्ट वर्ष प्रशिक्षकमा दीपक गोदार (फूल कन्ट्याक्ट) घोषित भए । गण्डकी प्रदेश सांसद दिपक कोइरालाले गोदारलाई उत्कृष्ट वर्ष प्रशिक्षकको घोषणा गरेका हुन् । गोदारले नगद २५ हजारसहित उत्कृष्ट प्रशिक्षकको ट्रफी र प्रमाणपत्र हात पारे । गोदारले कार्यक्रममा बोल्दै अवार्डबाट प्राप्त २५ हजारमा थप २५ हजार गरी नेपाल राष्ट्रिय खेलाडी संघलाई ५० हजार प्रदान गर्ने घोषणा गरे ।

क्रिकेटका अर्जुन कुमाल वर्ष उदीयमान खेलाडी बनेका छन् । कास्की जिल्ला समन्वय समितिका प्रमूख बैनबहादुर क्षत्रीले अर्जुनलाई वर्ष उदीयमान खेलाडी घोषणा गरे । अर्जुनले २५ हजार नगद र ट्रफी हात पारे । उक्त विधामा अनुष्का शेरचन ( आर्चरी ) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) मनोनयनमा परेका थिए ।

कास्की जिल्ला बास्केटबल उत्कृष्ट खेल संघको रुपमा पुरस्कृत भयो । उसले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र पायो ।

पत्रकार विनोद लामिछाने उत्कृष्ट खेल पत्रकारका रुपमा पुरस्कृत भए । विनोदले नगद २० हजार, ट्रफी र प्रमाणपत्र पाए ।



सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’