पोखरा । पोखरा महानगरपालिका र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशको सहमतिमा पोखरा महानगरपालिका वडा नम्बर २१, दोविल्लामा बनाउन लागिएको आधुनिक बधशाला निर्माणमा स्थानीयले अस्वीकार गरेका छन् । महानगरपालिका र प्रदेश सरकारले बधशाला निर्माणको लागि छनौट गरेको ठाउँ दाहसंस्कारस्थल (घाट) भएको भन्दै स्थानीयहरुले अस्वीकार गरेका हुन् ।
दोविल्लामा आधुनिक बधशाला बनाउनका लागि प्रदेश मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । बधशाला बनाउनका लागि करिब १० करोड लागत अनुमान गरिएको मध्य हाल प्रदेश सरकारबाट ३ करोड रुपैँया र महानगरपालिकाबाट २ करोड गरी कुल ५ करोड बजेट बिनियोजन भईसकेको छ ।
महानगर र प्रदेश सरकारले बधशाला निर्माण गर्ने भनेको उक्त ठाउँमा पोखराको निर्मलपोखरी, बिरौटा, रातोपैह्रा, कृष्ती, स्याङ्जाको टक्सार, चिलाउनेखर्क, हलेदे लगायतका बिभिन्न ठाउँका मानिसहरुको दाहसंस्कार गर्ने गरिएको स्थानीयहरु बताउँछन् ।
सदिँयौदेखि दाहसंस्कार गर्दै आएको ठाउँमा बधशाला बनाउन खोज्नु धर्म-संस्कार मास्न खोजेजस्तै भएको स्थानीयको भनाई छ ।
‘जग्गा नापजाँच गर्न गएका इञ्जिनियरलाई स्थानीयले फर्काईदिए’
महानगरपालिका र प्रदेश सरकारको सहमति अनुसार दोविल्ला घाटमा बधशाला निर्माणका लागि आबश्यक जग्गा नापजाँच गर्न शुक्रबार गएका इञ्जिनियरको टोलीलाई काम गर्न नदिई फर्काइदिएको स्थानीय बताउँछन् । शुक्रबार एञ्जिनियरको टोलीलाई फिर्ता पठाएका स्थानीयले उक्त ठाउँमा बधशाला निर्माण गर्न नदिने उदेश्यले तीन सय विरुवा बृक्षरोपण गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु