तनहुँ । महिला फुटबल खेलाडीलाई तनहुँको दमौलीमा हैरान्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।
राष्ट्रिय महिला फुटबल टिम मार्फत नगर र देशको प्रतिनिधित्व गर्न सफल भएको र आउदो दिनको लागि हौसाल प्रदानको गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा व्यास-४ की विमला विक, व्यास- १ की शर्मिला थापा र अन्जना चन्दलाई क्लवले अविर, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
त्यस्तै, राष्ट्रिय धावक लक्ष्मण सापकोटालाई पनि एक कार्यक्रम बिच दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

हैरान्स क्लबमा आवद्ध खेलाडी सदस्यहरु यसरी राष्ट्रिय रुपमै खेलेर आफ्नो, क्लबको र नगरकै नाम रोसन गरेका उनीहरुलाई सम्मान गर्न पाउदा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपालेले खुसी व्यक्त गरेका थिए ।
उनले भने, ‘फुटबल खेलाडी र खेलप्रेमीको लागि भनेर रङ्गशाला निर्माण गर्न लागिएको छ, अब दमौलीमा खेलमैदान छैन भनेर निराश हुन पर्दैन ।’ उनले खेलाडीहरुको लागि नगरपालिकाबाट सक्दो साथ र सहयोग दिने बताएका छन् ।

यस्तै कार्यक्रममा उपस्थित व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोसि, व्यास नगरपालिका वडा २ का अध्यक्ष कासिराम श्रेष्ठ लगायतले यस क्लबका अन्य खेलाडीहरुले पनि राष्ट्रिय स्तरबाट खेलेर नगर र देशलाई चिनाउन सफल बनुन् भन्ने शुभकामना दिएका थिए ।
त्यस्तै, हैरान्स क्लबका अध्यक्ष रविन पौडेलले नगरपालिकाले प्राथमिकतामा राखेको पर्यटन क्षेत्रलाई खेलसँग जोडेर अगाडि बढाउन सक्ने बताएका छन् ।
‘अहिले फुटबल लगायतका अन्य खेल धेरै युवापुस्ताहरुको आकर्षण बन्न पुगेको छ, व्यास नगरपालिकामा नै समयसमयमा यस्ता खेलको प्रतियोगिता आयोजना गर्न सकियो भने छिमेकी जिल्लाका खेलप्रमिहरुलाई समेत हामीले यहाँ तान्न सक्छौं ।’ उनले भने, ‘यसले गर्दा हाम्रो व्यासमा भएको खेलको साथसाथै यहाँको धार्मिक, एतिहासिक र प्राकृतिक सुन्दरताको प्रचार प्रसार पनि हुने प्रर्वल सम्भावना रहन्छ ।’
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?