राजविराज । प्रचण्ड गर्मीले हैरान राजविराज नगरबासी वर्षा सुरु हने बितिकै फेरी अर्को समस्यामा परेका छन् । सोमबार बिहान दुई घण्टा भएको वर्षाले मात्र राजविराजनगरको अधिकांश भाग जलमग्न बनेपछि गर्मीले राहत महशुस नगर्दै अर्को समस्याले नगरबासी पिरोलिएका हुन् ।
वर्षाका पानीले नगरका गजेन्द्र चौक, नेताचौक, सिरहा रोड, अदालत रोड, धर्मसाला रोडलगायतका क्षेत्र जलमग्न भएका हुन् । नगरको मुख्य बजार क्षेत्रमा समेत वर्षाको पानीले निकास नपाउँदा सर्बसाधारण समस्यामा परेको स्थानियको भनाइ छ ।
पानी निकासको स्थायी समाधान नखोज्दा प्रत्येक वर्ष वर्षायाममा सडकमै भेल हुने र आवागमनमा समस्याका साथै ठाउँ ठाउँमा फोहरको डगुंर र सडकको कालोपत्रे उप्केर खाल्डो खुल्डी हुने गरेको नगरबासीको भनाइ छ ।
यस्तै जथाभावी फालिएको फोहर सडकमा जमेका पानीमा मिसिएर दुर्गन्ध फैलिँदै जाने र विभिन्न रोगको संक्रमण फैलाउने सम्भावना समेत रहेको नागरिक सञ्जालका सप्तरीका अध्यक्ष सुखराम यादवको भनाइ छ ।
सडकमै पानी जमेका कारण स्कुल जाने बालबालिकाहरु समेत समस्यामा पर्ने गरेको अभिभावक रामनारायण मेहताले सुनाए । ‘दुई घण्टाको वर्षाले यस्तो समस्या छ भने निरन्तरको वर्षाले के हाल होला ?’ प्रशनगर्दै उनले भने, ‘यसतर्फ बेलैमा सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।
यस्तै केही दिनयता चर्को घाम र तातो हावाले कष्टकर बन्दै गएको जनजीबन सोमबारको दुईघण्टे वर्षाले केहिबेर राहत महशुस गराउन नपाउँदै पुनः सुरु भएको चर्को घाम र गर्मीले जनजीवन थप कष्टकर बनाएको छ ।rajdhanidaily
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने