पोखरा । पोखरेलीहरुको घरको धारोमा अझै पनि धमिलो पानी आउँछ । यहाँका बासिन्दाका लागि यो नौलो कुरा पनि होइन । तर अबको तीन वर्ष भित्र भने यो समस्या हट्ने भएको छ । पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरिने भएपछि यो समस्या हट्ने भएको हो ।
जापानी सहयोग नियोग (जाइका) को सहयोगमा मर्दीको पानीलाई पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु भएको छ। यो योजनाका लागि नेपाललाई जापान सरकारले ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिएको छ । यो परियोजनाको मंगलबार खानेपानी मन्त्री विना मगर र नेपालका लागि जापानी राजदुत मासामिची साइगोसङले संयुक्त रुपमा शिलन्यास गरेका छन् ।

जापानले दिएको कूल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि बोलपत्र आह्वान गरिएको थियोे। त्यसमा हाजमा कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलब २ प्रतिशत कममा बोलपत्र कबोल गरेपछि ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा परियोजना निर्माणको जिम्मा पाएको छ।
यो मेलम्चीपछि खानेपानीको क्षेत्रमा सुरु हुन लागेको दोस्रो ठूलो आयोजना हो। त्यस्तै काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन्। पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ। पोखराको फूलबारी, पर्स्याङ र कोलपाटनमा रिजर्भ्वायर ट्यांकी निर्माण गरिने छ। यस्तै १ सय १३ किलोमिटर लामो पाइपलाइन बिस्तार पनि परियोजनामा समेटिएको छ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु