श्यामशितल परियार–लमजुङको सुन्दरबजार नगरपालिका–६, शिवालय मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ निर्माण कार्य धमाधम भइरहेको छ । महिला तथा बालबालिका लक्षित बजेटबाट पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको छ ।
बिदाको समयका साथै बिहान–बेलुकीको समयमा स्थानीय बालबालिकालाई खेल्नका लागि सहज हुने भन्दै ‘चिल्ड्रेन पार्क’ बनाउन लागिएको सुन्दरबजार नगरपालिका–६, का वडाअध्यक्ष रघुनाथ मिश्रले जानकारी दिए ।
‘बालबालिका सडकमा जथाभावी खेल्दा सवारी दुर्घटनाको जोखिम बढ्यो । सम्भावित सडक दुर्घटनालाई न्यूनिरकणका गर्नुका साथै स्थानीय बालबालिकालाई सुरक्षित र सहज रुपमा खेल्ने वातावरण सिर्जना गर्न ‘चिल्ड्रेन पार्क’ बनाउन लागिएको हो,’ उनले भने ।
उनका अनुसार धार्मिक एवम् ऐतिहासिक महत्वको शिवालय मन्दिर गुठी परिसरमै रहेको शिवालय गुठीअन्तर्गत रहेको साँढे ३ रोपनी जग्गामा ‘चिल्डे«न पार्क’ बन्दै गरेको हो । पार्कको जग्गा सम्याउने काम सकिएको छ । अहिले दुबो, फूल रोप्ने कामका साथै बाटो निर्माण भइरहेको छ ।
वडाअध्यक्ष मिश्रका अनुसार नगरपालिभत्रका ११ वटै वडामा एक÷एक वटा ‘चिल्डे«न पार्क’ बनाउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘सबै वडामा एक÷एक वटा ‘चिल्डे«न पार्क’ बनाउने नगरपालिकाको नीति तथा कार्यक्रममा छ । त्यसैले पहिलो चरणअन्तर्गत यहाँ पार्क निर्माण भइरहेको छ,’ उनले भने ।
‘पार्कमा विभिन्न खेल संरचनाहरु बनाईने छ । पार्कमा बालबालिकाले सहज र सुरक्षित रुपमा खेल्न, रमाउन सक्छन्,’ उनले भने ।
सम्बन्धित खबर
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु