काठमाडौँ – धादिङको ज्वालामुखी गाउँपालिका-४ मा एक स्कूले बालकले आत्महत्या गरेका छन् । स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सुनिल परियारले घरनजिकै चिलाउनेको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
विद्यालयबाट घर फर्कनेक्रममा जेठ २६ गते परियारले भाइलाई कागजको टुक्रामा सन्देश लेखेर घर पठाएका थिए । तीन दिनसम्म घर नआएपछि खोजबिनको क्रममा उनलाई विद्यालय नजिकै ड्रेसलाई पासो बनाएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
भाइलाई फकाएर घर पठाएपछि बेपत्ता भएका सुनिललाई खोजीको क्रममा आत्महत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । सुनिलले छाडेको कागजी सन्देश ‘सुसाइड नोट’ भएको जनाइएको छ । आत्महत्या सन्देशमा उनले लेखेका छन्, ‘भाइ, तिमीलाई बुबा(आमाले माया गर्नुहुन्छ, मलाई माया नि गर्नुहुन्न र पिट्नुहुन्छ । त्यसैले तिमी बुबाआमासँगै बस्नु, म मर्छु ।’
छोराले आत्महत्या गरेको खबर सुनेपछि सुनिलको आमाबुबानै बेहोस भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण