पोखरा : उदयकुमार गुप्ता लागुऔषध कारोबार कसुरमा कास्की जिल्ला कारागारमा छन् । उनैको सेटिङमा श्रीमती देवकुमारीले पोखरामा लागुपदार्थ ओसारपोसार गर्दै आइरहेको खुलेको छ । बुधबार उत्तमचोकमा गोली प्रहार गरेर लागुऔषध सहित गोविन्द थापालाई नियन्त्रणमा लिने बित्तिकै देवीकुमारीलाई पनि अमरसिंह चौर क्षेत्रबाट कास्की प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रहरीसँगको बयानमा श्रीमानले टेलिफोनमा भने अनुसारको ठाउँमा नियमित रुपमा लागुपदार्थ पु¥याउँदै आएको रहस्य खोलेकी छन् । कास्की प्रहरीको कमाण्ड सम्हाल्न दानबहादुर कार्की आउने बित्तिकै लागुपद्धार्थ कारोबार, ओसारपसार र प्रयोगमा कडाई गर्ने बताएका छन् तर, विगतदेखि नै ड्रग्स ओसारपसार, प्रयोगमा कडाई गर्ने अभियान चलाइएपनि रोकिन सकेको छैन ।
पोखरा ९ घर भएकी हाल बुद्धचोकमा बस्ने देवीकुमारी गुप्तालाई पक्राउ गरेपछि जेलभित्रैबाट लागुऔषध विक्रिको लागि कास्कीमा सेटिङ हुने तथ्य पत्ता लागेको हो । जेल परेका ब्यक्तिले नै लागुऔषध कारोबारको सेटिङ मिलाउने गरेको यसरी खुलासा भएपछि प्रहरीलाई झनै चुनौति छ । कसैले लागुपद्धार्थ ओसारपसार गरेको, प्रयोग गरेको भेटिए गोप्य तबरले प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु