गत शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई विहिबार उच्च अदालत पोखराले छोड्न आदेश दियो । थुनामुक्त गर्ने आदेश दिएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ९ जनालाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतले म्याद थपेको थियो । तर आरोपीका आफन्तले गैह्रकानुनी रुपमा पक्राउ गरेर थुनेको भन्दै बन्दी प्रत्यक्षिकरणको रिट हालेका थिए ।
रिटमाथी विहिबार बहस गरेपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । बिहीबार निवेदकतर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोईराला, मिना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्र बहादुर चन्दले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतको आदेशमा रिहालगत्तै प्रहरीले पुनः उनीहरुलाई पक्रिएको छ । उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहिबार नै थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । यद्यपी अदालत परिसरबाटै प्रहरीले ९ जनालाई नै पक्राउ गरेको छ ।
प्रहरीले पक्रिने थाहा पाएपछि उनीहरु नजिकै रहेको उच्च अदालत बार एशोसियनको भवनभित्र बसेका थिए । अदालतले फैसला नगर्दै अदालत परिसरभित्र दर्जनौँ सिभिल प्रहरी र अदालतको गेट बाहिर भ्यानसहित अन्य प्रहरीपनि तैनाथ राखिएको थियो । अन्ततः मध्येरातमा प्रहरीले ९ जनालाई नै पक्रेर डाँडाको नाक पु¥याएको छ ।
पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन् । शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरिएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले प्रहरीले मानवअधिकार विपरित काम गरेको प्रतिक्रिया दिए । अदालतले नै निर्दोष सावित गरेको ब्यक्तिलाई प्रहरीले धरपकड गरेको गुनासो गरेका छन् । मध्येराती करिब १२ बजेतिर प्रहरीले बारको अफिसबाट उनीहरुलाई निकालेर लेखनाथ स्थित डाँडाको नाक प्रहरी चौकी पु¥याएको हो । यसबारे प्रहरी चाहीँ बोल्न चाहेन ।

सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?