शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा छापा मार्दा झण्डै १३ लाख मूल्य बराबरको ठूलो मात्रामा लागुऔषध भेटियो । १८ वर्षीय किशोर डेविड तामाङलाई ठूलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले पक्राउ गरेको थियो । टिनको सो कोठालाई ड्रग्स अड्डा नै बनाउने यति सानो उमेरको तामाङ एक्लै थिएनन् । उनको दाइ नाता पर्ने मुख्य कारोबारी वाङदोर्जे तामाङ भने फरार रहेका थिए । भोलिपल्टै आज शनिबार वाङदोर्जे पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक चौतारा गाँउपालिकाका १८ बर्षीय तामाङलाई १ हजार ९ सय २ थान लागुऔषध सहित पक्राउ गरेर सफलता पाएको कास्की प्रहरीले फरार रहेका सिन्धुपाल्चोककै मार्मी ८ का २५ बर्षीय लागुऔषध कारोबारी वाङदोर्जे तामाङलाई पोखरा १७ छोरेपाटन नमुना टोलबाट मध्यान्ह साढे १२ बजे पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनीहरु पोखरा १० उत्तमचोकमा बस्दै आएको कार्कीले जानकारी दिए ।
प्रहरीले हिजो पक्राउ परेका डेविड तामाङको साथबाट डाइजापाम, नर्फिन र फेनारगन गरी १ हजार ४ सय ६४ थान, नाइट्रोसन १ सय चक्की र एनसेडील ३ सय ३८ बोत्तल बरामद गरेको थियो । पक्राउ परेका डेभिडले आफुलाई दाइले फसाएको बताएका छन् । पछिल्लो समय पोखरा बसेर लागुऔषध कारोबारमा सक्रिय उनीहरुलाई नियन्त्रणमा लिएपछि लागुऔषध कारोबारको नेटवर्क नष्ट गर्न केही सघाउ पुग्ने विश्वास लिइएको छ ।
http://gandaknews.com/sp-karki/
कास्की प्रहरीले लागु औषधको गिरोह ध्वस्त पार्ने अभियान तिव्र पारेको छ । सोही कमाण्ड भित्र बस्ने महिलाहरुका अनु्सार डेभिडको दाइ कहिलेकाही आउने जाने गरेको बताएका छन् । दुई दिन अघि पोखराको उत्तमचोकमा लागु औषध कै कारोबारी जोन भन्ने गोविन्द थापालाई गोली प्रहार गरेरै गिरफ्तार गरिएको थियो । घाइते जोनको अहिले पनि उपचार भैरहेको छ ।
http://gandaknews.com/ganesh-thapa-pokhara-uttamchok-update/
लगत्तै अमरसिंह चौर आसपासबाट लागुऔषध मुद्धामा जेल परेका उदयकुमार गुप्ताकी श्रीमती देवी गुप्ता ठूलो मात्रामा लागुऔषध सहित पक्राउ परिन् । उनले श्रीमान्कै कामलाई निरन्तरता दिइरहेकी थिईन् ।
http://gandaknews.com/gupta-pokhara/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’