तनहुँ । समाजवादी पार्टी नेपाल तनहुँले विभिन्न ५ बुँदे माग राखि तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ पण्डित मार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । समाजवादी पार्टीका तनहुँ संयोजक देबेन्द्र थापाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको छ ।
समाजवादी पार्टीले ज्ञापन पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुदाँ हुदैँ संघीय लोक सेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर स्थानीय तहमा कर्मचारी भर्ना विज्ञापन संघीयताको भावना र मर्म विपरीत भएकोले असंवैधानिक विज्ञापन रद्ध माग गरेको छ ।

ज्ञापन पत्रमा सरकारले गुठी सम्वन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ ले गुठीको हक र जायजेथा प्राधिकरणमा सार्ने, गुठियारको हक स्वतः समाप्त हुने, गुठीको जग्गा राष्ट्रियकरण गर्ने, गुठी जग्गा भूमाफियाहरूको हातमा पुर्याउने र मौलिक संस्कृतिहरू निर्मूल गर्ने गरी प्रस्तुत गरिएको विधेयक फिर्ता लिन समेत माग गरेको छ ।
समाजवादी पार्टीले संविधानको भावना विपरीत प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप, नियन्त्रण, अंकुश सहित आफै कार्वाही गर्ने व्यवस्था भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन समेत माग गरेको छ ।
यसैगरी समाजवादी पार्टी बुझाएको ज्ञापन पत्रमा भिमाद र शुक्लागण्डकी नगरपालिका तथा बन्दिपुर, देवघाट र आँबुखैरेनी गाँउपालिकामा पर्ने सेती तथा मादी नदीबाट हेभी मेशिन प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा अत्याधिक परिमाणमा उत्खनन् गरिएको जनाउँदै सो नियन्त्रणका लागि पालिकहरुले हालसम्म पनि सो नियन्त्रण गर्न केही काम नगरेको जनाउँदै अवैधानिक रूपमा उत्खनन् गरी राखिएको गिटी, बालुवा ढुङ्गा जफत गरी कडा कार्वाही माग समेत गरिएको छ ।
यसैगरी मापदण्ड विपरीत संचालनमा रहेका तनहुँका क्रसर उद्योगलाई तत्काल अनुगमन गरी संचालनमा रोक लगाउन समेत सो पार्टीले माग गरेको छ ।
आफ्ना मागहरू तत्काल सम्बोधन नभएमा सुशासन र समृद्ध नेपाल निर्माणका लागि समाजवादी पार्टी, नेपाल कडा संघर्षका कार्यक्रम सहित आन्दोलनमा जाने समेत जनाइएको छ। ज्ञापन पत्र बुझाउने क्रममा समाजवादी पार्टीका नेता कार्यकताहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पण्डितले पार्टीले रखोका मागहरुमा आफु सकारत्मक भएको बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजवादी पार्टीका केन्द्र्रिय सदस्य पान बहादुर भुजेल, नेता कृष्ण घिमिरे, जनार्दन वियोगि, अम्मर भण्डारी लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा