पोखराबाट काठमाडौ जादै गरेको माइक्रो तनहुँको नारिघाटमा दुर्घटना हुँदा ११ जना घाइते

पोखराबाट काठमाडौ जादै गरेको माइक्रो तनहुँको नारिघाटमा दुर्घटना हुँदा ११ जना घाइते

PhotoGrid_1560788311140

तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका-१ नारिघाटमा सोमबार साझ माइक्रो दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परि माइक्रोमा सवार ११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

पोखराबाट काठमाडौ तर्फ जादै गरेको ग १ ख ३९६१ नम्बरको माइक्रो दुर्घटना भएको हो । माइक्रो सडकबाट अन्दाजी ४० मिटर तल बारीमा जादा उक्त दुर्घटना भएको हो ।

आफै अनियन्त्रित भई सडकबाट तल जादा उक्त दुर्घटना भएको डिएसपी लामिछानेले जानकारी दिए ।

उक्त दुर्घटनामा परि घाइते हुने १० जनाको लक्ष्मी सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखराकि वर्ष २८ कि लक्ष्मी श्रेष्ठ लाई पोखरा रिफर गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई घटना बारे जानकारी लिदै ।

घटना बारे पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले बुझेका थिए । डुम्रेबाट काठमाडौ जाने क्रममा भट्टराई सोही समयमा घटनास्थलमा पुगेको कारणले घटना बारे जानकारी लिएको ईलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।माइक्रो चालक फरार रहेकोे र खोजी कार्य तिव्र रूपमा भइरहेकोे जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

तस्बिर : सुशान्त कार्की

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds