तनहुँ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै नेपाल पत्रकार महासङ्घ तनहुँले मङ्गलबार दमौलीमा हस्ताक्षर सङ्कलन गरेको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आह्वान गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत तनहुँ शाखाले हस्ताक्षर सङ्कलन गरेको हो । मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै पत्रकार महासङ्घ चरणबद्ध आन्दोलनमा छ ।
दमौलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियानमा महासङ्घका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रदीप काफ्ले, प्रकाशचन्द्र भट्टराई, डम्बर अधिकारी, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ता कृष्णहरि वाग्ले, यज्ञ बहादुर राना लगायत सर्वसाधारणले ऐक्यबद्धता जनाएका थिए ।
सङ्कलित हस्ताक्षर असार ६ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई बुझाइने शाखाका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए ।
आह्वान गरेको आन्दोलन अन्तर्गत जिल्लामा असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्र्वाचित सङ्घीय र प्रदेश सांसदहरुलाई एसएमएस मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार ३० गते सिटी जुलुस र सभा गर्ने निर्णय गरेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन