गण्डक न्युज । पोखरामा भएको रगतको अभावलाई मध्यनजर गर्दै पश्चिमान्चल इन्जिनियरिङ क्याम्पसमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।अनेरास्ववियु २०७५ ब्याच कमिटीद्वारा बिहिबार आयोजित उक्त आकस्मिक कार्यक्रममै ८५ युनिट रगत संकलन भयो । पोखरामा रगतको आपूर्तिमा केहि सन्तुलन बिग्रेको र अभाब खड्किएकोले आफुँहरुले आकस्मिक रुपमै कार्यक्रम आयोजना गरेको संयोजक सुजन सिग्देलले जानकारी दिए ।
अनेरास्ववियु २०७५ ब्याच कमिटी अध्यक्ष बिनोदराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका समाजसेवी राजेश गुरुङले रक्तदान जिबन दान भन्ने नारालाई आत्मसाथ गर्दै यस्तो पवित्र कार्यमा सबै सरिक हुनुपर्ने बताए ।त्यस्तै क्षेत्रीय रक्तसंचार केन्द्रका प्रतिनिधि अर्जुन ज्ञवालीले पश्चिमान्चल क्याम्पसले बिगतमा पनि रगतको अभाब हुँदा आकस्मिक रक्तदान गरेरै उल्लेख्य मात्रामा रगत संकलन गरेको स्मरण गर्दै सम्पूर्ण रक्तदातालाई आभार प्रकट गरे ।
पश्चिमान्चल इन्जिनियरिङ क्याम्पस लामाचौरको प्रांगणमा सम्पन्न सो कार्यक्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष बिबेक देबकोटा,अनेरास्वबियुकै क्षितिज सापकोटा ,पश्चिमान्चल क्याम्पस इकाई अध्यक्ष किरण पौडेल (अनेरास्ववियु) किरण सिंखडा (अखिल क्रान्तिकारी) लगायतको उपस्थिति थियो भने कार्यक्रमको संचालन एबम सहजीकरण संजय यादबले गरेका थिए ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला