पोखरा । विगत लामो समयदेखि सामाजीक कार्य गर्दै आएका दारी ग्याङ पोखराका टोलीले शनिवार (आज) फेवाताल सरसफाई गरेका छन् । फेवातालमा हाल मेसिनमार्फत सरसफाई हुने गरेपनि मेसिन नपुग्ने ठाउँमा दारी ग्याङले सफाई कार्यक्रम गरेका हुन् ।


कार्यक्रम वडा न ६ का जनप्रतिनिधि हरि पहारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय गान गाएर तथा दारी ग्याङका संयोजक बसन्त पहारीद्धारा दारी ग्याङकै क्रियाशिल सदस्य महेन्द्र पहारीलाई जलकुम्भी झार प्रदान गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।


सामाजिक संजालद्धारा स्थापीत उक्त समूहले यसअघि पनि अन्य विभिन्न सामाजीक कार्य सँगै फेवातलको जलकुम्भी झार निकाल्ने कार्य गरेको थियो । हाल मेसिनमार्फत फेवाताल सफाई कार्य भैरहेको भएतापनि मेसिनले सफाई गर्न नमिल्ने स्थानमा सफाई कार्यक्रम गरिएको हो ।


आज सम्पन्न सफाई अभियानमा नेपाल स्काउट, धभ बचभ यलभ हामी गर्न सक्छौ सहयोगि हातहरु ,पहिलो पाइला नेपाल , स्काउट , लियो क्लब अफ पोखरा पिस चौतारी र दारी प्रेमीहरु लगाएत विभिन्न सामाजीक संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो । साथै हल्लनचोक बोर्ट ब्यबसायी समितिले डुंगा तथा लाइफ ज्याकेट प्रदान गरि कार्यक्रमलाई सफल पार्न सहयोग गरेको थियो ।


जलकुम्भि सरसफाईका लागि ल्याईएको मेसिनको उचित प्रयोग गर्नुपर्ने साथै फेवाताललार्ई कुरुप हुनबाट जोगाउने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको दारी ग्याङ पोखराका संयोजक बसन्त पाहारीले जानकारी दिएका छन् ।


त्यस्तै कार्यक्रममा बोल्दै क्रियाशिल सदस्य महेन्द्र पहारीले फेवाताल सबैको साझा सम्पत्ती भएको र यसको संरक्षण प्रति सबैको दायित्व रहेको प्रष्ट पारेका छन् साथै जलकुम्भी झारको विषयमा महानगरलाई पनि दवाव दिइरहेको जानकारी उनले दिएका छन् । दारी ग्याङमा हालसम्म देशैभर गरि १ लाख ४ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?