श्यामशितल परियार, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा पहिलोचोटी बस पुगेको छ । डुम्रे–बेसीशहर सडकखण्डमै पर्ने रामदी पेट्रोलपम्पदेखी कटहरबोटे हुँदै बलिथुम बरबोटसम्मको सडक स्तरोन्नती भएसंगै शुक्रबार ग १ ख ४००७ नम्बरको बस पहिलोचोटी गाउँ पुर्याइएको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले रामदीमा रिवन काटेर बस सेवा शुभारम्भ गरेका हुन् । रामदीदेखी बलिथुमसम्मको दूरी झण्डै ४ किलोमिटर रहेको छ ।
यस ग्रामीण सडकको स्तरोन्नतीका लागि सुन्दरबजार नगरपालिकाले गत आर्थिक वर्ष र यस चाुल आर्थिक वर्षमा गरी १३ लाख ३५ हजार रुपैयाँ बजेट सहयोग गरेको सडक उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीले जानकारी दिए ।
सुविधाको खोजीमा गाउँ छोडी बलिथुमबाट अन्यत्र बसाइ सरी जानेको संख्या बढ्दै गएको सुन्दरबजार नगरपालिका–८, का वडाअध्यक्ष कृष्णकान्त अधिकारीले बताए ।
विस्तारै गाउँमा पूर्वाधारको विकास गरिदैँ लगिएको र गाउँ छोडी अन्यत्र गएका पनि गाउँमा फर्किनसक्ने उनको भनाइ छ। गाउँमा पहिलोचोटी बस आउँदा स्थानीय भने दंग छन् ।
उनीहरुले जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, बस चालकलाई स्थानीयले फूलमालाले सम्मानित गरेका थिए । गाउँसम्म बस आउँदा एकदमै खुशी लागेको स्थानीय गिरबहादुर विकले बताए ।
‘गाउँमा बस आउँदा हामी सबै एकदमै खुशी छौँ । निरन्तर बस चलोस भन्ने हाम्रो चाहना छ,’ उनले भने । निरन्तर यातायातको सेवा सञ्चालनका लागि बाटोको स्तरोन्नतीका लागि सम्वन्धित नियकाले दिल खोलेर सहयोग गरोस् भन्ने आफुहरुको चाहना रहेको स्थानीय लोक गिरीले बताए ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी