तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आबुखैरेनीबाट ठुलो मात्रामा अवैध लागुऔषध सहित २ जना पक्राउ गरेको छ ।
गत बिहिवार तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ढकालटार खहरेखोलाबाट २ जना लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका वडा नं २ ढकालटार बस्ने बर्ष ३० को जिबन भन्ने गिर बहादुर मगर र कास्की जिरो किमि घर भई हाल जिल्ला तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ पानीघट्टा बस्ने बर्ष २७ को सुमन नेपाली रहेको प्रहरीले जनाएको छ ।
शंकास्पद रुपमा बसेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका कार्यालय प्रमुख समेतको प्रहरी टोलीले उनीहरु लाई पक्राउ गरेको हो ।
पक्राउ गरि उनिहरु तलासी लिदा ऊनीहरुको साथबाट डाईजेपाम सिसि ९० एम्पुल, फेनरागन सिसि ९० एम्पुल र नुफिन सिसि ९० एम्पुल, अल्कोहल स्वाब १०० पिस, प्रयोग नगरेको सिरिन्ज १५, मनिपर्स १, हुवाइ लेखेको कालो स्मार्ट फोन १ थान, नगद ५ हजार १५ रुपैयाँ र लागु औषध बाध्न प्रयोग गरेको कालो टेप थान १ फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषध कानुनी रितपुर्वक बरामद गरी उनिहरु लाई पक्राउ गरी लागुऔषध मुद्धामा बिहिबार सम्मानित अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछाने जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा