तनहुँको आबुखैरेनीबाट ठुलो मात्रामा अवैध लागुऔषध सहित २ जना पक्राउ

तनहुँको आबुखैरेनीबाट ठुलो मात्रामा अवैध लागुऔषध सहित २ जना पक्राउ

received_2261495250632875

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आबुखैरेनीबाट ठुलो मात्रामा अवैध लागुऔषध सहित २ जना पक्राउ गरेको छ ।

गत बिहिवार तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ढकालटार खहरेखोलाबाट २ जना लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका वडा नं २ ढकालटार बस्ने बर्ष ३० को जिबन भन्ने गिर बहादुर मगर र कास्की जिरो किमि घर भई हाल जिल्ला तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ पानीघट्टा बस्ने बर्ष २७ को सुमन नेपाली रहेको प्रहरीले जनाएको छ ।

शंकास्पद रुपमा बसेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका कार्यालय प्रमुख समेतको प्रहरी टोलीले उनीहरु लाई पक्राउ गरेको हो ।

पक्राउ गरि उनिहरु तलासी लिदा ऊनीहरुको साथबाट डाईजेपाम सिसि ९० एम्पुल, फेनरागन सिसि ९० एम्पुल र नुफिन सिसि ९० एम्पुल, अल्कोहल स्वाब १०० पिस, प्रयोग नगरेको सिरिन्ज १५, मनिपर्स १, हुवाइ लेखेको कालो स्मार्ट फोन १ थान, नगद ५ हजार १५ रुपैयाँ र लागु औषध बाध्न प्रयोग गरेको कालो टेप थान १ फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषध कानुनी रितपुर्वक बरामद गरी उनिहरु लाई पक्राउ गरी लागुऔषध मुद्धामा बिहिबार सम्मानित अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछाने जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ