चीनबाट सिमेन्ट बोकेर आएको ट्रक कोरला नाकामा पल्टियो (पूरा बिबरण)

चीनबाट सिमेन्ट बोकेर आएको ट्रक कोरला नाकामा पल्टियो (पूरा बिबरण)

65197338_374865120054680_117875914309632000_n

फोटो सौजन्य-मुस्ताङ लोवा

सूर्य तिमिल्सिना  : चीनबाट सिमेन्ट बोकेर आएको माल बाहक ट्रक कोरला नाका नजिकै दुर्घटना हुँदा तीनजना घाइते भएका    छन् । नेपाल चीनको सिमानाबाट पाँच किलोमिटर उत्तर तर्फ उक्त ट्रक दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीका अनुसार शनिबार देखि सुरु भएको अन्तर देशीय मेलाबाट सिमेन्ट लोड गरेर फर्कंदै गरेको ग १ ख ५५६० नम्बरको मालबाहक ट्रक लोमान्थाङ गाउँपालिका वडा नम्बर ४ स्थित नेचुङ खोलामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुर्घटनामा लोमान्थङ गाउँपालिका ३ ठिङ्गर बस्ने ४९ वर्षीय घ्याचो गुरुङ गम्भीर घाइते भएका छन् । घाइते गुरुङको टाउको र कम्मर पछाडिको भागमा चोट लागेको छ । ट्रकमा सवार तनहुँ व्यास नगरपालिका १० बस्ने वर्ष २९ का विशाल क्षेत्री र ट्रकका चालक बाग्लुङ निसी गाउँपालिका ६ का वर्ष ३५ का श्यामलाल घर्तीमगर सामान्य घाइते छन् ।

समथर भूभागको नेचुङ भन्सार नजिकै उत्तरतर्फको नेचुङ खोला नजिक ब्रेक फेल भई ट्रक दुर्घटनामा परेको हो ।शनिबार देखि सुरु भएको ब्यापार मेला १० दिन सम्म चल्ने छ ।चीनतर्फ हुने उक्त मेलामा दुई देशका मानिसले आफ्नो ठाउँबाट उत्पादित खाद्यान्न,लत्ताकपडा,विद्युतीय सामान र निर्माण सामाग्री बिक्री गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds