पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई लागुऔषध, यौन व्यवसाय र गुण्डागर्दीले बदनाम बनाएको तर्क गरेका छन् । बुधबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०१९ को सप्ताह व्यापी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो तर्क गरेका हुन् ।
‘लागुऔषधको दुर्व्यसनी को रुपमा चिनिन्छि पोखरा, यौन व्यवसायीको रुपमा चिनिन्छि पोखरा र धेरै नै गुण्डागर्दी हुने शहरको रुपमा चिनिन्छ पोखरा अब यसलाई यो वदनामबाट हामीले कसरी हाम्रो प्रदेशलाई सभ्य बनाउने त्यस तर्फ हामी सबै लाग्नु पर्छ’ गुरुङले भने ।
पटकपटक कास्की प्रहरीले युवायुवतीहरुलाई विभिन्न होटलबाट अनैतिक क्रियाकलाप गरिरहेको समयमा पक्राउ गरेको बताउँदै मुख्य मन्त्री गुरुङले त्यसलाई नियन्त्रण गर्न हरेक अभिभावक सचेत हुनुपर्ने प्रष्टाए ।
‘साथीको बर्थ डे मनाउने भन्दै घरबाट हिँडेका आफ्ना नानीहरुलाई कोही पनि अभिभावकहरुले रात भरी नछोड्नुहोस’ उनले सुझाव दिँदै भने, ‘उनीहरु आफ्ना कस्ता साथीहरुसंग राती बर्थ डेको नाममा होटलमा अनैतिक क्रियाकलापमा संलग्न भएका हुन्छन् । अनि भोलिपल्ट होसमा आए पछि उल्टै बलत्कारको केस गर्ने गर्छन् । यसले बिकृती मौलाउँदै गएको छ ।’
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु