तनहुँमा ट्रकभित्रै युवतीको सामुहिक बलात्कार गर्ने दुई जना बिरुद्ध मुद्धा दर्ता : फलोअप

तनहुँमा ट्रकभित्रै युवतीको सामुहिक बलात्कार गर्ने दुई जना बिरुद्ध मुद्धा दर्ता : फलोअप

police-office-tanahun

अश्विन दानी, पोखरा । बुधबार ३० बर्षिया फुलमाया (नाम परीवर्तन) नवलपरासीबाट चीतवनको नारायणगढ़सम्म आउने निधो गरेपछि नवलपुरको डण्डामा आएर बसको प्रतिक्षा गरीन् । साँझको करिब ७ बजे नवलपरासीबाट तनहुँको दमौलीसम्म आउने ना १ क ४३४९ नम्बरको ट्रकमा दुई जना फुलमायाको सामु    देखिए । फुलमायाले उक्त ट्रकमा आफुलाई नारायणगढ़सम्म लिफ्ट दिन अनुरोध गरिन् ।

उनको अनुरोधलाई मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ सुर्यचोक बस्ने ३२ बर्षिय सह-चालक गोपाल भण्डारी र सोही ठाउँका ३१ बर्षिय चालक बिमल ढकालले स्वीकार गरे । अनि फुलमाया ट्रकमा चढेर नारायनगढसम्मका लागि यात्रा सुरु गरिन् ।

तर, उनको लागि यो यात्रा नै जीवनको सबैभन्दा ठूलो दुर्भाग्य बनिदियो । अर्थात उनी सोही लिफ्ट दिने ब्यक्तिबाटै सामुहिक बलात्कारको सिकार बनिन् । ‘पीडीतले नवलपरासीबाट नारायणगढ़सम्म लिफ्ट मागेर ट्रकमा चढेकी रहिछन् । तर, आरोपीतहरुले उनीमाथि कुदृष्टी लगाएर नारायणगढ़मा पीडीतलाई ओर्लन नदिएर एकैपटक तनहुँमा ल्याई पु¥याएछन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले पीडितलाई उद्घृत गर्दै गण्डक न्यूजसँग भने, ‘सम्बन्धित ठाउँमा ओर्लन नदिएका चालक र सह-चालकले उनलाई तनहुँको व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्गको एकान्त ठाउँमा ल्याएर सडक किनारामा ट्रक रोकी ट्रक भित्रै जबरजस्ती करणी गरेछन् ।’

यसरी खुल्यो रहस्य : 
नवलपरासीबाट नारायणगढ़सम्म हिँडेकी फुलमाया ट्रक भित्रै निदाएपछि ट्रक चालक र सह-चालक ले उनलाई तनहुँको छिर्कने स्थित एकान्त ठाउँमा ल्याएर सामुहिक बलात्कार गरेर छाडे । बलात्कारको सिकार भएकी उनी त्यहाँबाट पोखरा आईपुगिन् र आफुले चिनेको एक आफन्तसँग घटना बिबरण सुनाईन् ।  उक्त घटनाको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालयसम्म पुग्यो ।

पीडीतले आफुमाथि जबर्रजस्ती करणी भएको भनेर जानकारी दिएपछि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय तनहुँलाई सत्यतथ्य बुझ्न आदेश दियो । प्रदेश प्रहरीले दिएको आदेशको अनुसार तनहुँ प्रहरीले आरोपीको खोजि सुरु गर्याे ।

अन्तत उक्त ट्रकका चालक बिमल र सह-चालक गोपाललाई तनहुँ प्रहरीले तनहुँकै ब्यास नगरपालिका-३ बनबाटिका चौरमा ट्रकबाट सामान अनलोड गर्दै गरेको अबस्थाबाट पक्राउ गर्याे ।

आरोपीत दुबैलाई जबरजस्ती करणी मुद्धामा म्याद थप : 
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेका अनुसार आरोपीत दुबैलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम पक्राउ गरी आज (शुक्रबार) जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ भने पीडीतको स्वास्थ्य परिक्षण गरिएको छ ।

http://gandaknews.com/rape-on-the-bus/

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ