पोखरा । आज राष्ट्रिय धान दिवस । नेपालभर असार १५ गते,धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

यस्तै आज पोखरामा १६ औँ असारे रोपाई महोत्सव –२०७६ हुँदैछ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ पोखरा पर्यटन परिषदले पोखरा १७ महतगौँडाको बिरुवाफाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो । पोखराको पामे र बेगनास क्षेत्र वरीपरी पनि धान दिवस मानईन्छ ।

महोत्सवको अवसरमा साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समुह बीच असारे गीत तथा रोपाइँ प्रतियोगिता,साँस्कृतिक प्रस्तुती लगाएतका कार्यक्रम समावेश गरिएको छ । परिषदले विगत १५ वर्षदेखि असारे रोपाई महोत्सव गर्दै आएको छ ।





सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु