तनहुँको घाँसिकुवामा ट्रक दुर्घटना : २ जना घाइते, एकको अवस्था गम्भिर

तनहुँको घाँसिकुवामा ट्रक दुर्घटना : २ जना घाइते, एकको अवस्था गम्भिर

gasis1

तनहुँ । तनहुँको व्यास-१२ घासिकुवामा ट्रक दुर्घटना भएको छ । नारायणगढबाट पोखरा तर्फ जादैँ गरेको ना ५ ख १३७ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । सिमेन्ट लिएर पोखरा तर्फ जादैँ गरेको बस घासीकुवामा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि ट्रकमा सहचालक प्युठान शर्मारामी गाउँपालिका ३ का वर्ष २० का नुम बहादुर थापा र व्यास १२ कै स्थानिय पैदल यात्री वर्ष १७ का अर्जुन थापा घाइते भएका छन ।

घाइते पैदल यात्री थापाको अवस्था गम्भीर रहेको र उनको दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पश्चात पोखरा स्थित मेट्रोसिटी अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । सहचालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

‘ट्रकले पैदल यात्री लाई ठक्कर दिएर सडकबाट तल खस्दा दुर्घटना भएको हो’, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।


ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

फोटो : मदन तिमल्सेना

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ